सन् २०२४ को स्मार्टफोन बजारमा वृद्धि, एप्पल र सामसङ अझै पनि नेतृत्वमाः आईडीसी रिपोर्ट

Technology Khabar ४ माघ २०८१, शुक्रबार

काठमाडौं ।

इन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी) को प्रारम्भिक प्रतिवेदनले सन् २०२४ को स्मार्टफोन बजार उच्च तहमा अन्त भएको उल्लेख गरेको छ। सन् २०२४ को चौथो त्रैमास बढ्दो ढुवानीको लगातार छैटौं त्रैमासिक भएको र उक्त तीन महिनाको अवधिमा ३३१.७ मिलियन स्मार्टफोनहरू ढुवानी गरिएको बताइएको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.४ प्रतिशत बढी भएको उल्लेख गरिएको छ।

सन् २०२३ को अन्तिम त्रैमासिकको तुलनामा दुवै कम्पनी (एप्पल र सामसङ) ले ढुवानीमा गिरावट देखे तापनि एप्पल र सामसङले बजारको नेतृत्व गरेका छन्। यसैबीच, शाओमीले तेस्रो स्थान हासिल गर्दै सामसङसँगको अन्तरलाई कम गरेको छ।

ट्रान्ससन र भिभो बीच टाई (बराबर) भएको र दुवै कम्पनी चौथो स्थानमा रहेका छन्। भिभोको ढुवानी १२.७ प्रतिशत (चार्टमा सबैभन्दा ठूलो वृद्धि) ले बढेको छ भने ट्रान्ससनको अलिकति घटेको आईडीसीले उल्लेख गरेको छ।

सन् २०२४ को पूरै नतिजा हेर्दा एप्पल र सामसङले प्याकको नेतृत्व गरे तापनि सन् २०२३ को तुलनामा थोरै कम नतिजाहरू देखेको बताइएको छ। यद्यपि तेस्रो स्थानमा रहन सफल भएको शाओमीले भने उत्कृष्ट वर्ष बिताएको उल्लेख गरिको छ।

चौथो त्रैमासमा उत्कृष्ट प्रदर्शन नगरेको भएता पनि, ट्रान्ससनले शाओमीसँग तुलना गर्न मिल्ने बृद्धिको साथ समग्रमा सन् २०२४ बलियो बनाएको उल्लेख गरिएको छ। यद्यपि कम्पनीले कुल संख्यामा पुग्नका लागि अझै लामो यात्रा तय गर्न बाँकी रहेको उल्लेख गरिएको छ। त्यसैगरी आईडीसीले यहाँ भिभोको सट्टा ओप्पोलाई चौथोका लागि ट्रान्ससनसँग टाई (बराबर) भएको भन्दै सूचीबद्ध गरेका छ।

आईडीसीमा क्लाइन्ट डिभाइसेसको लागि अनुसन्धान निर्देशक एन्थोनी स्कारसेलाले फोल्डेबलहरूको बारेमा केही चिन्ताजनक समाचारहरू सुनाएको उल्लेख छ। “उपभोक्ताको चासो फ्ल्याट (सपाट) रहेकोले बिक्रेताहरूले फोल्डेबलहरूबाट आर एन्ड डी लाई टाढा सार्न थालेका छन्।

यसबाहेक जेनएआईले गर्दा विशेष गरी बजारको माथिल्लो भागमा एआई थप डिभाइसहरूमा बढ्दो रूपमा समावेश गर्न थालिएकाले धेरै विक्रेताहरूले फोल्डेबलहरूको खर्चमा नयाँ एआई प्रगतिहरूलाई प्राथमिकता दिइरहेका छन्।”

यस वर्षलाई हेर्दै गर्दा, आईडीसीमा वल्र्डवाइड क्लाइन्ट डिभाइसहरूका लागि वरिष्ठ अनुसन्धान निर्देशक नबिला पोपलले “हामी सन् २०२५ मा निरन्तर वृद्धिको बारेमा आशावादी रहँदा, नयाँ अमेरिकी प्रशासनबाट नयाँ र बढ्दो शुल्कको खतराले अनिश्चितता बढाएको छ।

उद्योग भर, केही खेलाडीहरूलाई जोखिम कम गर्न रोकथाम उपायहरू खोज्न ड्राइभ गर्दै गर्दा पनि हालसम्म प्रभाव भने न्यून भएको छ” भनि बताएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ४ माघ २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया