इन्जिनियरिङ अध्ययन संस्थानले स्नातकोत्तरमा नेटवर्क र साइबर सेक्युरिटी कार्यक्रममा ल्यायो नयाँ विकल्प

  • Technology Khabar | ३ माघ २०८१, बिहीबार
इन्जिनियरिङ अध्ययन संस्थानले स्नातकोत्तरमा नेटवर्क र साइबर सेक्युरिटी कार्यक्रममा ल्यायो नयाँ विकल्प

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातकोत्तर तहका नेटवर्क र साइबर सेक्युरिटी सम्बन्धी कोर्सहरूमा नयाँ विकल्प थप गरेको छ।

विद्यार्थीहरूले एमएससी कम्प्युटर इन्जिनियरिङ स्पेशलाइजेशन इन नेटवर्क एन्ड साइबर सेक्युरिटी कार्यक्रममा दुई विकल्प छनोट गर्न सक्ने बताईएको छ। यसमध्ये पहिलो, एमएससी वाई रिसर्च, र दोस्रो, एमएससी वाई कोर्सको विकल्पहरू रहेका छन्।

इन्जिनियरिङ अध्ययन संस्थानका अनुसार, नयाँ सुबिधासँगै विद्यार्थीहरूले अन्तिम सेमेस्टरमा १६ क्रेडिटको अनुसन्धान थेसिस लेख्नुपर्ने बाध्यता हटेको छ। यसको सट्टामा, विद्यार्थीहरूले कोर्सहरूमा आधारित विकल्प चयन गर्न सक्नेछन्, जसअन्तर्गत सेमिनार, पेनेट्रेशन टेस्टिङ, साइबर थ्रेट इन्टेलिजेन्स र इन्डस्ट्रियल प्रोजेक्ट जस्ता विषयहरू छन्।

संस्थानले २०८० को ब्याचदेखिनै नयाँ विकल्प लागू गर्ने निर्णय गरेको छ, र विद्यार्थी भर्ना क्षमता २० बाट २४ सिट पुर्याएको छ। विद्यार्थीहरूले आगामी सेमेस्टरमा थेसिस लेख्ने वा कोर्स छनोट गर्ने भन्ने निर्णय अघिल्लो सेमेस्टरमै गर्नुपर्ने इन्जिनियरिङ अध्ययन संस्थानले जनाएको छ।

प्रकाशित: ३ माघ २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...