Technology Khabar २ माघ २०८१, बुधबार
काठमाडौं ।
आईफोन एसईलाई अब उप्रान्त आईफोन १६ई भनिने भएको छ। हालैको रिपोर्ट अनुसार यो डिभाइस आगामी अप्रिल सम्ममा लन्च हुनुपर्ने उल्लेख गरिएको छ। चिनियाँ लीकर डिजिटल च्याट स्टेसनले यस डिभाइसको विवरणहरूको सूची सार्वजनिक गरेको छ।
आईफोन १६ई मा आईफोन १४ को जस्तै समान ६० हर्ज रिफ्रेस रेटसहितको उही ६.०६–इन्च एफएचडी+ एलटीपीएस ओएलईडी स्क्रिन र फेस आईडी टेकको लागि नच (एसई सिरिजमा नयाँ) हुनेछ।
यस आईफोन १६ईले फ्ल्याट मेटल फ्रेम, एउटा रियर क्यामरा, वाटर रेसिस्टेन्ट (पानी प्रतिरोधी) रेटिङ र एप्पल ए१८ चिप समावेश गर्ने भएको छ जुन आईफोन १४ को तुलनामा सबैभन्दा ठूलो अपग्रेड हो।
विगतको अफवाह अनुसार ४९९ अमेरिकी डलरको लन्च मूल्यको आधारमा, आईफोन १६ई सबैभन्दा सस्तो आईफोन हुने डिजिटल च्याट स्टेसनले उल्लेख गरेको छ। आईफोन १६ई आफ्नो सन् २०२२ को पूर्ववर्ती भन्दा ७० अमेरिकी डलर महँगो हुने भएको छ।
यद्यपि आईफोन १६ई मा हुने चिपसेट अपग्रेड, फेस आईडी र ओएलईडी स्क्रिनले गर्दा उक्त मूल्यको उचित भएको उल्लेख गरिएको छ। त्यसैगरी सट्टा १६ई ले अफवाहमा रहेको ८जीबी र्यामको साथ एप्पल इन्टेलिजेन्सलाई पनि समर्थन गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २ माघ २०८१, बुधबार