युएईद्वारा सन् २०३० सम्ममा नवीकरणीय ऊर्जा उत्पादन गर्ने योजना

Technology Khabar १ माघ २०८१, मंगलवार

युएईद्वारा सन् २०३० सम्ममा नवीकरणीय ऊर्जा उत्पादन गर्ने योजना
सोलार प्यानल। सांकेतिक तस्बिर।

काठमाडौं ।

युएईले विद्युत, पानी र भविष्य ऊर्जा क्षेत्रका लागिे विश्वव्यापी नेतृत्व लिन तयारी जारी राख्ने युएईको ऊर्जा तथा पूर्वाधार मन्त्रालय (एमइआइ) को सहायक उपसचिव अहमद अल काबीले बताएका छन।

अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (आइआरइएनए) द्वारा आयोजित उदीयमान अर्थतन्त्रमा ऊर्जा सङ्क्रमण मार्गहरू सम्बन्धी उच्चस्तरीय प्यानलमा उनको सहभागिताका क्रममा टिप्पणी आएको हो।

उनले भने,“सुरुदेखि नै युएईले हाम्रो भविष्यको रक्षा गर्न सफा ऊर्जाको आवश्यकतालाई मान्यता दियो । हामीले यस परिवर्तनको वातावरणीय, सामाजिक र आर्थिक फाइदाहरू पनि देख्यौं र नवीकरणीय ऊर्जा परियोजनाहरूमा ठूलो लगानी गर्यौं। यसले हामीलाई स्वच्छ ऊर्जा सङ्क्रमणको नेतृत्व गर्ने ठूलो अवसर दियो।”

अल काबीले सन् २०५० सम्ममा नेट–शून्य लक्ष्य तय गर्ने यस क्षेत्रमा पहिलो भएको बताए। “हामीले सन् २०३० सम्ममा १४.२ गिगावाट नवीकरणीय ऊर्जा क्षमतामा पुग्ने लक्ष्य राखेका छौं। हामीसँग विश्वका तीनओटा ठूला सौर्य प्लान्टहरू पनि छन् र थप परियोजनाहरू चलिरहेका छन्।”

युएई शान्तिपूर्ण रूपमा आणविक उर्जा प्रयोग गर्ने पहिलो अरब राष्ट्र पनि हो। उर्जा प्लान्टले देशको २५ प्रतिशत बिजुली कार्बन–मुक्त स्रोतबाट प्रदान गर्दछ। रासस/एएनआई

प्रकाशित: १ माघ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया