Technology Khabar १ माघ २०८१, मंगलवार
काठमाडौं ।
देशभरका कम्पनीहरूले गत आर्थिक वर्षको विवरणहरू बुझाउने अन्तिम दिन पुस २९ गते कम्पनी रजिष्ट्रार कार्यालयको सर्भर डाउन भएको छ।
कम्पनी ऐनअनुसार, कम्पनीहरुले वार्षिक साधारणसभा, आर्थिक प्रतिवेदन पास गर्ने, अडिटर नियुक्ति, सञ्चालक समिति गठन, कम्पनी सचिवको नियुक्तिलगायतका कागजात तथा प्रतिवेदनहरु पुस मसान्तसम्म पेश गरिसक्नुपर्ने हुन्छ। सोही कागजातहरुको आधारमा कम्पनी रजिष्ट्रार कार्यालयले कम्पनी अपडेटको प्रमाणपत्र दिने गर्दछ।
तोकिएको अवधिभित्र विवरण नबुझाएमा कम्पनी ऐनको दफा ८१अनुसार कार्यालयले कम्पनीको चुक्तापूँजी र ढिलो भएको अवधिको आधारमा जरिवाना लाग्नेछ।
तर, विवरण बुझाउने अन्तिम दिन नै सर्भर डाउन हुँदा देशभरका लाखौं कम्पनीहरु प्रभावित भएका छन्।
प्रकाशित: १ माघ २०८१, मंगलवार