एप्पलका सीईओ कुकको तलब १८ प्रतिशतले वृद्धि, कति पुग्यो जान्नुहोस्

  • Technology Khabar | १ माघ २०८१, मंगलवार
एप्पलका सीईओ कुकको तलब १८ प्रतिशतले वृद्धि, कति पुग्यो जान्नुहोस्

काठमाडौं ।

एप्पलका सीईओ टिम कुकले लगातार तेस्रो वर्ष सन् २०२४ मा ३ मिलियन अमेरिकी डलरको आधार तलब प्राप्त गरेका छन्। त्यसैगरी बोनस र अन्य क्षतिपूर्तिका साथ गत वर्ष कार्यकारीको कुल तलब ७४.६ मिलियन अमेरिकी डलरमा पुगेको उल्लेख छ। कुकको लागि, यो गत वर्षको तुलनामा १८ प्रतिशत वृद्धि हो।

एप्पलले पूरै आर्थिक वर्ष सन् २०२४ को लागि जम्मा २९५ बिलियन अमेरिकी डलर कमाएको उल्लेख छ जुन सन् २०२३ को तुलनामा केही कम भएको विदेशी मिडियालाई उद्धृत गर्दै टेलिग्राफले रिपोर्ट गरेको छ।

त्यसैगरी कम्पनीको खुद नाफा पनि आर्थिक वर्ष सन् २०२३ मा ९७ अर्ब अमेरिकी डलरबाट सन् २०२४ मा ९३ अर्ब ७४ करोड अमेरिकी डलरमा झरेको छ।

कुकको नेतृत्वमा, एप्पलले वित्तीय आईफोन बिक्रीमा थोरै वृद्धि रिपोर्ट गरेको उल्लेख छ जुन ०.२ प्रतिशत बढेर २०१.१८ बिलियन अमेरिकी डलर पुगेको छ।

साथै, कम्पनीको शेयर वर्षमा १९१.५९ अमेरिकी डलरबाट २५०.४२ अमेरिकी डलरमा वृद्धि भएको उल्लेख छ।

कुकको सन् २०२४ को लागि रिपोर्ट गरिएको तलब बाहेक अन्य तीन एप्पल कार्यकारीहरूले पनि समान क्षतिपूर्ति प्राप्त गरेको टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: १ माघ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...