
काठमाडौं ।
न्युरालिङ्क कर्पोरेशनको ब्रेन कम्प्युटर डिभाइस तेस्रो बिरामीमा प्रत्यारोपण गरिएको छ।
कम्पनीले सन् २०२५ भित्रमा लगभग २० देखि ३० थप प्रत्यारोपण गर्ने योजना बनाएको संस्थापक इलन मस्कले बताएका छन्।
द टेलिग्राफले रिपोर्ट गरेअनुसार यसै साता लस भेगासमा भएको एक कार्यक्रममा मस्कले भने “अहिले हामीसँग न्यूरालिङ्कहरू प्रत्यारोपण गरिएका तीन व्यक्तिहरू छन् र तिनीहरू सबैले राम्रोसँग काम गरिरहेका छन्।”
न्युरालिङ्क मस्तिष्क प्रत्यारोपण विकास गर्ने स्टार्टअपहरूको एक बढ्दो समूह हो जसले पक्षाघात र एएलएस जस्ता अवस्थाहरूको उपचार गर्न मद्दत गर्न सक्छ।
यस प्रयोगात्मक प्रक्रियाहरूमा सामान्यतया मस्तिष्कको तन्तुमा इलेक्ट्रोडहरू राख्न खप्पर खोल्नुपर्ने उल्लेख गरिएको छ।
एक वर्ष पहिले प्रारम्भिक बिरामी नोल्याण्ड अर्बागमा आफ्नो डिभाइस प्रत्यारोपण गरेको न्युरालिङ्कलाई उद्धृत गर्दै टेलिग्राफले जनाएको छ।
सम्बन्धित समाचार
अमेरिकी नियामकले दोस्रो बिरामीमा न्यूरालिंकको ब्रेन चिप इम्प्लान्ट गर्न अनुमति दियोः रिपोर्ट
प्रकाशित: १ माघ २०८१, मंगलवार