मोबाइल बैंकिङमार्फत एक महिनामा १३ अर्ब ७७ करोड माथिको कारोबार

Technology Khabar १ माघ २०८१, मंगलवार

काठमाडौं ।

नेपालमा पछिल्लो महिना अर्थात् मंसिरभर मोबाइल मार्फत हुने बैंकिङ कारोबारको सङ्ख्या र रकम बढेको पाइएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८१ मंसिर महिनासम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार मोबाइल बैंकिङ कारोबार र रकम दुवैमा बढोत्तरी भएको पाइएको हो। यो प्रवृत्ति असोजमामा मिश्रित देखिएको थियो।

आर्थिक वर्ष २०८०/८१ को असोज मसान्तमा मोबाइल बैंकिङमार्फत् भएको कारोबार सङ्ख्या भदौको तुलनामा ८ लाख ८९ हजार २७७ ले बढेर ४ करोड ४० लाख ४८ हजार २४६ पुगेको थियो।

यसैगरी कारोबार रकममा पनि ३६ अर्ब ९६ करोड ५० लाख रुपैयाँ बढेर ४ खर्ब १ अर्ब २४ करोड १० लाख रुपैयाँ पुगेको प्रतिवेदनले देखाएको थियो।

कार्तिकमा भने कारोबार सङ्ख्या ६५ हजार ८६२ ले घटेर ४ करोड ३९ लाख ८२ हजार २८४ मा आइपुगेको थियो साथै कारोबार रकम २६ अर्ब ५७ करोड ७० लाख घटेर ३ खर्ब ७४ करोड ६६ लाख ५० हजारमा झरेको थियो।

मंसिरमा भने कारोबार सङ्ख्यामा ३४ लाख ६४ हजार ६६४ ले बढेर ४ करोड ७४ लाख ४६ हजार ९४८ पुगेको छ। यसैगरी कारोबार रकम १३ अर्ब ७७ करोड ६० लाख रुपैयाँले बढेर ३ खर्ब ८८ अर्ब ४४ करोड १० लाख पुगेको प्रतिवेदनले देखाएको छ।

प्रकाशित: १ माघ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया