Technology Khabar १ माघ २०८१, मंगलवार
काठमाडौं ।
आगामी सामसङ ग्यालेक्सी एस२५, ग्यालेक्सी एस२५+ र ग्यालेक्सी एस२५ अल्ट्राको स्पेक्सहरू लीक भएका छन्। साथै आगामी सामसङ फ्ल्यागशिप डिभाइसहरूको प्रत्येक मोडेलको रङ्गहरू पनि लीकमा देखा परेको उल्लेख छ।
त्यसैगरी अब उक्त सामसङ फ्ल्यागशिप डिभाइसहरूको थप रेन्डरहरू देखा परेको उल्लेख गरिएको छ। लीकर इभान ब्लासले प्रत्येक मोडेलको लागि एक–एकवटा गरी तीनवटा थप तस्बिरहरू जारी गरेका छन्।
यो लीकले खासै त्यस्तो केही नयाँ खुलासा नगरे पनि यसले डिभाइसहरूको नयाँ कोणहरू देखाउँदै मूलतया डिजाइनको पुनः पुष्टि गरेको छ।
ग्यालेक्सी एस२५ अल्ट्रामा केही सानो कर्भहरू रहेको छ जुन यसको पूर्ववर्तीमा थिएन। सबै तीनवटा डिभाइसहरूमा तिनीहरूको क्यामरा–सर्कल आइल्याण्डहरूको लागि फरक डिजाइन समावेश गरिएको छ। ग्यालेक्सी एस२४ परिवारको तुलनामा स्क्रिन बेजेलहरू पनि सानो देखिएको उल्लेख गरिएको छ।
यी तीनवटा फोनहरू संसारभरि स्न्यापड्रागन ८ एलिट चिपसेटद्वारा सञ्चालित हुने अफवाहहरू रहेका छन्। अल्ट्रामा भने ५० मेगापिक्सेलको अल्ट्रावाइड क्यामरा र एस२५ मा अन्ततः १२जीबी र्याम समावेश हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १ माघ २०८१, मंगलवार