Technology Khabar २९ पुष २०८१, सोमबार
काठमाडौं ।
यस वर्ष आउने आईफोन १७ एयरले आईफोन १६ प्लसलाई प्रतिस्थापन गर्ने भएको छ। एप्पलको उक्त प्लस मोडेल सबैभन्दा खराब बिक्री गर्ने आईफोन भएको उल्लेख गरिएको छ।
यद्यपि आईफोन १७ एयरले बजारमा राम्रो गर्छ वा गर्नेछैन भनेर हेर्नको लागि भने पर्खनु पर्नेछ। एप्पलले भने आफ्नो आईफोन १७ एयरको थिननेस (पातलोपन)को साथ संसारलाई चकित पार्ने तयारिमा रहेको बताइएको छ।
आईफोन १७ एयरको मोटाई केवल ५.५ एमएम हुने मिङ–ची कुओले नयाँ रिपोर्टमा उल्लेख गरेका छन्।
हालैको १३–इन्च आईप्याड प्रोको मोटाई ५.१ एमएम रहेको छ। आईफोन १७ एयरको दुईवटा अन्य अक्षहरू धेरै सानो भएको हुनाले यसले १३–इन्च आईप्याड प्रोलाई उक्त पातलोपनको मामलामा भेट्टाउन सक्षम नहुने उल्लेख गरिएको छ।
यसअघि आईफोन १७ एयर ६.२५ एमएम मोटो हुने सुन्नमा आएको थियो। त्यसपछि फेरि नोभेम्बरको एउटा अफवाहले यसको साइड प्रोफाइल ५ एमएम र ६ एमएम बीचमा पेग गरेको थियो।
कुओले आईफोन १७ एयरमा भौतिक सिम कार्ड स्लट नहुने र अल्ट्रा–थिन डिजाइनको कारण ईसिममा मात्र भर पर्नुपर्ने उल्लेख गरेका छन्। यसले “वर्तमानमा ईसिम लाई मात्र समर्थन गर्ने फोनहरू प्रमोट गर्दैन” चीनयाँ बजारमा भने यसले समस्या निम्त्याउन सक्ने कुओले उल्लेख गरेका छन्।
त्यसैगरी कुओले आईफोन १७ एयरको उच्च मूल्य र केही पातलोपनका कारण पुनः डाउनग्रेड कम्पोनेन्टहरू हुने अपेक्षा गरिएको बताएका छन्।
डिभाइसमा आईफोन एसईको जस्तै एउटा रियर क्यामरा समावेश गर्ने सम्भावनाको बारेमा पनि अफवाह सुन्नमा आएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २९ पुष २०८१, सोमबार