फिल्म हलको स्तरोन्नति तथा प्रोत्साहनका लागि अनुदान दिँदै चलचित्र विकास बोर्ड, दरखास्त आह्वान

  • Technology Khabar | २९ पुष २०८१, सोमबार
फिल्म हलको स्तरोन्नति तथा प्रोत्साहनका लागि अनुदान दिँदै चलचित्र विकास बोर्ड, दरखास्त आह्वान

काठमाडौं ।

चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रको प्रवर्द्धन, दर्शक अभिवृद्धि एवम् बजार विस्तारमा सहयोग पुयाउने उद्देश्यले सशर्त अनुदान सहयोगका माध्यमबाट चलचित्रघरको स्तरोन्नतिमा प्रोत्साहन गर्न अनुदान दिने भएको छ।

बोर्डले आज एक सूचना प्रकाशन गरी बोर्डबाट प्रदान गरिने प्रोत्साहन अनुदानका लागि तोकिएका कागजातहरू सहित सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र बोर्डको कार्यालयमा वा ईमेल मार्फत आवेदन पेश गर्न सम्बन्धित सबैमा आह्वान गरेको हो।

यसबारे विस्तृत विवरण बोर्डको वेवसाईट www.film.gov.np/ तथा बोतर्डको सूचना पाटीमा उपलब्ध रहेको बताइएको छ।

प्रकाशित: २९ पुष २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार