Technology Khabar २९ पुष २०८१, सोमबार
काठमाडौं ।
सामसङ ग्यालेक्सी ए सिरिजका कुनै पनि डिभाइसहरूले अहिलेसम्म ४५ वाट वायर्ड चार्जिङलाई समर्थन गरेको छैन। डिभाइसहरूमा सबै भन्दा उच्च भनेको २५ वाटसम्मको समर्थन समावेश गरिएको उल्लेख छ।
उक्त चार्जिङ क्षमता अब यस वर्षदेखि परिवर्तन गरिने र जस अनुसार ग्यालेक्सी ए५६ मा ४५ वाट टप–अपहरूको लागि समर्थनको साथ सुरू हुने गत नोभेम्बरमा खुलासा गरिएको थियो।
ग्यालेक्सी ए५६ सँगसँगै आगामी ग्यालेक्सी ए३६ ले पनि ४५ वाट वायर्ड चार्जिङलाई समर्थन प्राप्त गर्ने आईईसीईई सर्टिफिकेसन (प्रमाणीकरण) ले खुलासा गरेको छ।
दुवै डिभाइसहरूलाई वान यूआई ७ सँग रन हुने एन्ड्रोइड १५ को साथ लन्च गरिने बताइएको छ। यद्यपि ती डिभाइसहरू फेब्रुअरी भन्दा पहिले नआउने उल्लेख गरिएको (सबैभन्दा पहिले नयाँ सफ्टवेयरको साथ ग्यालेक्सी एस२५ ह्यान्डसेटहरू अवतरण हुने) छ।
त्यसैगरी ग्यालेक्सी ए५६ ले सामसङको एक्जिनोस १५८० एसओसी प्रयोग गर्नेछ भने ए३६ ले क्वालकमको स्न्यापड्रागन ६ जेन ३ चिपसेट प्रयोग गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २९ पुष २०८१, सोमबार