एनसेलको सधैँ अनमा अब फ्रि अनलिमिटेड नाइट डाटा उपलब्ध

  • Technology Khabar | २८ पुष २०८१, आईतवार
एनसेलको सधैँ अनमा अब फ्रि अनलिमिटेड नाइट डाटा उपलब्ध

काठमाडौं ।

एनसेलले आफ्ना सधैँ अन प्याकहरु लिने ग्राहकहरुलाई आकर्षक अनलिमिटेड नाइट डाटा प्याक दिन थालेको छ। यससँगै अब बिना कुनै अतिरिक्त शुल्क ग्राहकले रातको समयमा अनलिमिटेड मोबाइल इन्टरनेट पहुँचको फाइदा लिन सक्छन्।

बिहीबार (पुष २५)बाट शुरु भएको यो योजना अन्तर्गत सधैँ अनका रु ३९९बाट शुरु हुने बेस्ट र रु ७९९ बाट शुरु हुने अनलिमिटेड प्याक लिने ग्राहकले राती ११ बजेदेखि बिहान ७ बजेसम्म अनलिमिटेड डाटा सेवाको फाइदा लिन सक्छन् । यसको अर्थ प्याकमा पाइने बन्डल सेवा, सुविधा बाहेक अब ग्राहकहरुले यो नाइट डेटा पनि पाउँछन्।

सधैं अन लिने ग्राहकलाई थप लाभ प्रदान गर्नका लागि एनसेलले यो योजना लागु गरेको बताएको छ।

रु ३९९, रु ४९९, रु ५९९ का बेस्ट प्याक र रु ७९९, रु ९९९ र रु १,४९९ का अनलिमिटेड प्याक लिने ग्राहकहरुले यो योजनाबाट फाइदा लिन सक्छन् । यो थप सुविधा बाहेक कम्पनीले यी प्याकहरु लिने ग्राहकलाई पहिला नै अनलिमिटेड यूट्युबमा पहुँच प्रदान गर्दै आएको जानकारी दिएको छ।

कम्पनीकाअनुसार, २८ दिन भ्यालिडिटी रहेको बेस्ट प्याकमा प्याक अनुसार बन्डल सेवामा ग्राहकले ८ जीबीदेखि २० जीबीसम्म डेटा, ३९९ मिनेटदेखि ५९९ मिनेटसम्म अल नेपाल टक टाइम प्रदान गर्दै आएको छ। त्यसैगरी सधैं अनको अनलिमिटेड प्याकका ग्राहकहरुले ३० जीबीदेखि १०० जीबीसम्म डाटा र अन लिमिटेड अल नेपाल टक टाइम पाउँदै आएका छन्।

एनसेलले गत जेठमा फाइभजी भिजनमा आधारित हुँदै सधैं अन योजना संचालनमा ल्याएको थियो । यसको मुख्य औचित्य भनेको आम नेपाली ग्राहकहरूलाई आफ्नो ब्यालेन्स सकिने डर नगरी डाटा सधैँ अन राख्न प्रेरित गर्दै सशक्त बनाएर डिजिटल भविष्यतिर डोर्याउनु रहेको जनाएको छ।

प्रकाशित: २८ पुष २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार