लुम्बिनी प्रदेशमा इन्टरनेट सेवामा १४ प्रतिशतले वृद्धि, मोबाइल ब्रोडब्याण्ड ३१९ प्रतिशतले बढ्यो

  • Technology Khabar | २८ पुष २०८१, आईतवार
लुम्बिनी प्रदेशमा इन्टरनेट सेवामा १४ प्रतिशतले वृद्धि, मोबाइल ब्रोडब्याण्ड ३१९ प्रतिशतले बढ्यो

काठमाडौं ।

लुम्बिनी प्रदेशमा मोबाइल तथा इन्टरनेट सेवाको क्षेत्रमा सुधार र वृद्धि हुँदै गरेको देखिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘प्रादेशिक आर्थिक गतिविधि अध्ययन लुम्बिनी प्रदेश वार्षिक प्रतिवेदन (आ.व.२०८०/८१)’ का अनुसार २०८१ असार मसान्तसम्म लुम्बिनी प्रदेशमा नेपाल टेलिकमद्धारा वितरित टेलिफोन सङख्यामा गत वर्षको तुलनामा ११ दशमलब १४ प्रतिशतले वृद्धि भई ३३ लाख ५६ हजार ६ सय ४४ पुगेको छ।

यसका साथै, इन्टरनेट सेवा समेत समीक्षा वर्षमा गत वर्षको तुलनामा १४ प्रतिशतले वृद्धि भई ७३ हजार १ सय ५० पुगेको छ।

तथ्यांकअनुसार मोबाइल सेवामा समेत ११ दशमलब ३४ प्रतिशतले सुधार हुँदै ३३ लाख १ हजार ८४४ पुगेको छ भने मोबाइल ब्रोडब्याण्डमा ३१९ दशमलब ४२ प्रतिशतले वृद्धि देखिएको छ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरुमा ४० लाख १५ हजार ६०१ मोबाईल बैंकिङ्ग सेवा र २ लाख ८३ हजार ९ सय ९२ इन्टरनेट बैंकिङ्ग सेवा दर्ता भएका राष्ट्र बैंकले जनाएको छ।

केन्द्रिय बैंककाअनुसार, यस प्रदेशमा तराई क्षेत्रमा विद्युतीय सवारी साधनहरुका लागि चाहिने पूर्वाधारहरु निर्माण गरी विद्युतीय सवारी साधन संचालन गर्न सकेमा पेट्रोलियम पदार्थको प्रतिस्थापन हुन सक्ने संभावना देखिएको छ।

यस प्रदेशमा बढदो विद्युतीय सवारी साधनहरुसँगै चार्जिङ स्टेशन समेत विस्तार भएका कारण यस प्रदेशभित्र सुलभ र सहज यातायात सेवाको पहुच अभिवृद्धि हुने प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: २८ पुष २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...