Technology Khabar २६ पुष २०८१, शुक्रबार
काठमाडौं ।
सामसङले आफ्नो ग्यालेक्सी एस२५ परिवारलाई आगामी जनवरी २२ तारिखमा अनावरण गर्दैछ। आगामी ग्यालेक्सी एस२५ अल्ट्राको मुख्य विशेषताहरू भरपर्दो लीकस्टर रोलान्ड क्वान्ड्टद्वारा लीक गरिएको उल्लेख छ।
यो फोन विश्वभर स्न्यापड्र्यागन ८ एलिट चिपसेटद्वारा सञ्चालित हुनेछ। यसमा १२० हर्ज रिफ्रेस रेट, २६००–निट पीक ब्राइटनेस र एचडीआर१०+ सपोर्टको साथ डायनामिक एएमओएलईडी २एक्स एलटीपीओ स्क्रिन हुनेछ।
एस२५ अल्ट्रा १२/२५६जीबी, १६/५१२जीबी र १६जीबी/१टीबी गरी तीनवटा र्याम/स्टोरेज कम्बोजमा उपलब्ध हुनेछ। डिभाइसले ४५ वाट वायर्ड (तारयुक्त) चार्जिङका साथै २५ वाट वायरलेस चार्जिङलाई समर्थन गर्नेछ।
डिभाइसको मापन कथित रूपमा १६२.८ × ७७.६ × ८.२ एमएम र तौल २१९ ग्राम हुनेछ। यसको पूर्ववर्तीको तुलनामा, यो अलि लामो, कम चौडा, पातलो र हल्का हुनेछ।
यसले एस२४ अल्ट्राको टप ब्राइटनेस समावेश गरेको छ। बेस (आधार) र्याम/स्टोरेज उस्तै रहेको भएता पनि दुईवटा टप टियरहरूमा अब बढी र्याम उपलब्ध हुने बताइएको छ। साथै वायरलेस चार्जिङ १५ वाट बाट २५वाटमा वृद्धि गरिने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २६ पुष २०८१, शुक्रबार