जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला

  • Technology Khabar | २५ पुष २०८१, बिहीबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
सांकेतिक तस्बिर। फ्रिपिक डटकमबाट।

काठमाडौं ।

जुम्लाको कनकासुन्दरी गाउँपालिकाभित्रका आठ वटा सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याइएको छ।

विज्ञान प्रयोगशाला सञ्चालनमा आएपछि विज्ञान विषयको पठनपाठन सहज हुने पाण्डवगुफा माध्यमिक विद्यालयका प्रद्यानाध्यापक हस्तबहादुर भण्डारीले जानकारी दिए। विज्ञान प्रयोगशालाबाट विद्यार्थीलाई  सिकाइ उपलब्धिमा सहयोग मिल्ने उनको विश्वास थियो।

पहिले विद्यालयमा विज्ञानको सैद्धान्तिक कक्षामात्र लिइरहेका विद्यार्थी अहिले प्रयोगशालामा व्यवहारिक कक्षसमेत लिइरहेका छन्। यो हरेक विद्यालय र विद्यार्थीका लागि सुखद् कार्य हो। विज्ञान विषय लिएर उच्च शिक्षा लिन चाहने विद्यार्थीका लागि सुनौलो अवसरसमेत भएको कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्यको भनाइ छ।

आचार्यका अनुसार अब कुनै पनि विद्यार्थी विज्ञान विषयको व्यवहारिक कक्ष लिन पाइएन भन्दै गुनासो रहने छैन। प्रयोगशालाले विज्ञान विषयको अध्ययन र अध्यापनलाई सहज बनाउने विश्वास व्यक्त गरिएको छ।

विज्ञान विषयमा विद्यार्थीको पहुँच बढाएको छ। साधन र स्रोतयुक्त विद्यालय निर्माणमा पालिका लागिपरेको गाउँपालिकाका अध्यक्ष आचार्यले जानकारी दिए।-रासस

प्रकाशित: २५ पुष २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार