मेटाले अमेरिकी तथ्य जाँच बन्द गर्नु ‘खतरनाक समय’को सुरूवात : रेसा

  • Technology Khabar | २४ पुष २०८१, बुधबार
मेटाले अमेरिकी तथ्य जाँच बन्द गर्नु ‘खतरनाक समय’को सुरूवात : रेसा

काठमाडौं ।

फिलिपिन्सकी नोबेल पुरस्कार विजेता मारिया रेसाले सामाजिक सञ्जाल मेटाले फेसबुक र इन्स्टाग्राममा आफ्नो अमेरिकी तथ्य जाँच कार्यक्रम बन्द गरेपछि एएफपीलाई दिएको अन्तर्वार्तामा बुधबार ‘अत्यन्त खतरनाक समय’ को सुरूवात भएको बताएकी छिन्।

फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टेको पालामा दायर गरिएको अदालती मुद्दासँग जुध्दै रेसा र उनले स्थापना गरेको र्याप्लर न्यूज साइटले वर्षौंसम्म अनलाइन गलत सूचनाविरुद्ध लडेका छन्।

सन् २०२१ मा नोबेल शान्ति पुरस्कार विजेता तथा वरिष्ठ पत्रकार रेसाले मेटाको निर्णयले पत्रकारिता, लोकतन्त्र र सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि ‘अत्यन्त खतरनाक समय’ आउन लागेको सङ्केत भएको बताइन्।

“मार्क जुकरबर्गले यो अभिव्यक्ति स्वतन्त्रताको मुद्दा हो भन्नुभएको छ। यो सरासर गलत हो,” रेसाले मनिलास्थित र्यापलरको समाचार कक्षमा एएफपीसँग बताइन्।

“नाफामा आधारित संस्थाले मात्र यो दावी गर्न सक्ने तर यदि शक्ति र पैसा नचाहने स्वतन्त्र संस्था हो भने त्यसले त्यो दावी गर्नु सही होइन। यो व्यक्तिको सुरक्षाको कुरा हो”, उनले भनिन्।-रासस/एएफपी

प्रकाशित: २४ पुष २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...