सामसङको अनप्याक्ड इभेन्ट जनवरी २२ मा हुने

  • Technology Khabar | २४ पुष २०८१, बुधबार
सामसङको अनप्याक्ड इभेन्ट जनवरी २२ मा हुने

काठमाडौं ।

सामसङले आफ्नो ग्यालेक्सी अनप्याक्ड कार्यक्रम आगामी जनवरी २२ तारिखमा क्यालिफोर्नियाको सान जोसमा आयोजना गर्ने घोषणा गरेको छ।

सामसङले उक्त कार्यक्रमलाई धेरै अनलाइन प्लेटफर्महरूमा स्ट्रिम गर्ने बताइएको छ। कम्पनीले नयाँ ग्यालेक्सी एआई सुविधाहरू सहित आफ्नो आगामी ग्यालेक्सी एस डिभाइसणहरू प्रस्तुत गर्ने तयारी गरिरहेको टेलिग्राफले रिपोर्ट गरेको छ।

सामसङको आगामी फोनहरूमा थप गोलाकार कुनाहरू (राउण्ड करनर्स) सहितको पुनः डिजाइन गरिएको ग्यालेक्सी एस२५ अल्ट्रा समावेश हुने अफवाहहरूले सुझाव दिएका छन्।

त्यसैगरी “स्लिम” ग्यालेक्सी फोनमा पनि काममा भइरहेको अफवाहहरू सुन्नमा आएका छन्। यद्यपि यो डिभाइस यस वर्षको अन्त्यसम्ममा पनि नआउने अपक्षा गरिएको उल्लेख छ।

सामसङले ग्यालेक्सी एस२५ लाइनअपमा क्यूआई२ वायरलेस चार्जिङ थप्दैछ भनेर अफवाहहरूले सुझाव दिएको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २४ पुष २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार