बजार सुरक्षा एवं आपराधिक घटना पहिचानका लागि चरिकोट बजारमा सीसीटीभी क्यामरा जडान

Technology Khabar २४ पुष २०८१, बुधबार

बजार सुरक्षा एवं आपराधिक घटना पहिचानका लागि चरिकोट बजारमा सीसीटीभी क्यामरा जडान
सांकेतिक तस्बिर।

काठमाडौं ।

बजार सुरक्षा एवं आपराधिक घटना पहिचानका लागि समेत भीमेश्वर नगरपालिका ३ र ६ को चरीकोट बजार क्षेत्रमा सिसी क्यामरा जडान गरिएको छ। बजार क्षेत्र प्रवेश विन्दु र बजारको मुख्य मुख्य चोकमा क्यामरा जडान गरिएको हो।

भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले अहिले चरीकोटको मुख्य चोक सातदोबाटोमा तीन वटा शक्तिशाली सिसी क्यामरा जडान भएको जानकारी दिए।

उनका अनुसार सुरक्षामा आधुनिक प्रविधिको प्रयोग गर्ने कार्यक्रम अन्तर्गत पहिलो चरणमा तीन वटा क्यामरा जडान भएको छ। यसले काठमाडौँतिर दोलखा बजार वा चरीकोटको मुख्य बजारतिर जाने र जिरीतर्फ जाने आउनेलाई लक्ष्य गरी क्यामरा जडान गरिएको हो।

नगरका इन्जिनियर नारायण शिवाकोटीका अनुसार एउटा क्यामराले दुई सय मिटर दुरीसम्मको तस्बिर र भिडियो लिन सक्छ। क्यामराले १५ सेकेन्डसम्मको भिडियोसमेत खिच्ने छ। क्यामराको सम्पूर्ण कन्ट्रोल र अनुगमन जिल्ला प्रहरी कार्यालय दोलखाको सञ्चार शाखामा रहने छ। क्यामरा जडानका लागि ६ किलोमिटर तार तान्नु पर्छ।

प्रहरोले सिसिटिभीबाट बजार क्षेत्रको निगरानी गर्ने छ। चरीकोट बजारको प्रवेश विन्दु पाटीखोला, बसपार्क क्षेत्र र जिल्ला प्रहरी कार्यालयअगाडि मुख्य राजमार्गमा क्यामरा राखिने छ। त्यसबाहेक सातदोबाटो, चरिघ्याङ, मानेडाँडा, पुरानो बजार, मुख्य बजारलगायतका १५ ठाउँमा जडान हुने छ।

सिसी क्यामराका माध्यमबाट सवारी आवागमन, चोरी, सरसफाइमा जथाभाबी फोहोर फाल्ने, निजी सम्पत्तिको सुरक्षालगायतमा नियन्त्रण हुने इन्जिनियर सुरेश राउतले बताए। क्यामराले सवारीसाधनको नम्बर प्लेटसमेत प्रस्ट देखिने भएकाले सवारी दुर्घटना गरी भागेमा पहिचान र नियन्त्रणमा समेत सहज हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चरोकोटका प्रमुख ठाकुरप्रसाद भट्टराईले जानकारी दिए।

सवारीको निगरानो ट्राफिक नियन्त्रणका लागि मुख्य सडकको डिस्प्ले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा राख्ने भएको छ। चरीकोट बजार क्षेत्रमा सिसी क्यामरा जडानका लागि ४३ लाख रुपियाँ स्टिमेट गरी ठेक्का आह्वान गरे तापनि २७ लाख ६५ हजार रुपियाँमा कामको सम्झौता भएको इन्जिनियर शिवाकोटीले जानकारी दिए।

सिसी क्यामरा जडानमा नगरपालिकाले खर्च गर्ने भएको छ। चरीकोट बजारपछि क्रमश: वडा तहका सार्वजनिक स्थलमा पनि सिसी क्यामरा जडान गर्दै जाने नगरपालिकाको योजना रहेको छ। सातदोबाटो चोकबाट सुरु भएको र यसको काम एक हप्तामा पूरा हुने भएको छ। बजार क्षेत्रमा तार नगरपालिकाले तान्ने भएपछि त्यसमा क्यामरा जडानका लागि बैक र सहकारोसँग पनि अनुरोध गर्ने नगरपालिकाको योजना रहेको छ।

आजको गोरखापत्रबाट

प्रकाशित: २४ पुष २०८१, बुधबार

तपाइको प्रतिक्रिया