आईफोन १७ मा महत्त्वपूर्ण डिजाइन परिवर्तन गरिने

  • Technology Khabar | २४ पुष २०८१, बुधबार
आईफोन १७ मा महत्त्वपूर्ण डिजाइन परिवर्तन गरिने

काठमाडौं ।

आईफोन १७ परिवारले अब एक रोचक डिजाइन परिवर्तन ल्याउने अफवाह बाहिरिएको छ। एप्पलले फ्रेमलाई पछाडि जोड्ने तरिका परिवर्तन गर्ने र  अब “स्टेपको सट्टा स्लोप” हुनेछ भनि वेईबोमा एक लीकरले उल्लेख गरेका छन्।

अब पछाडिपट्टि फ्रेम र ग्लास एकअर्कामा कर्भ हुनेछ भने सीधा किनाराहरू हट्ने सोच्न सकिने बताइएको छ। इन–ह्याण्ड फिलको लागि यो निस्सन्देह वरदान हुनेछ।

यद्यपि यो जानकारी साझा गरेको लीकरले थप विवरणहरू भने साझा नगरेको उल्लेख छ। यो डिजाइन परिवर्तन सबै चार आईफोन १७ मोडेलहरूमा लागू हुनेछन् वा केवल प्रो या कि त केवल नन्–प्रोमा सिमित हुनेछन् भन्ने बारेमा भने स्पष्टता छैन।

एप्पलले धेरै पटक त्यस्ता सुविधाहरूको साथ आफ्नो दुईवटा स्मार्टफोन लाइनहरूमा भिन्नता ल्याएको हुनाले यसको मार्ग फेरिएमा कुनै अचम्म नहुने उल्लेख गरिएको छ।

त्यसैगरी आईफोन १७ प्रो हालको आइल्याण्ड डिजाइनको सट्टा क्यामरा भाइजर अपनाउने अफवाह बाहिरिएको छ। यद्यपि क्यामरा भाइजर बारेको अफवाहलाई अर्को अफवाहले खण्डन गरेको हुनाले एप्पलले आफ्नो अर्को स्मार्टफोनको डिजाइनलाई परिमार्जन गर्नका लागि कति हदसम्म योजना बनाइरहेको छ भन्ने बारेमा जानकारी उपलब्ध नभएको जीएसएमएरिनाले उल्लेख गरेको उल्लेख छ।

प्रकाशित: २४ पुष २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...