Technology Khabar २२ पुष २०८१, सोमबार
काठमाडौं ।
आईफोन प्लस लाइनलाई प्रतिस्थापन गर्ने आईफोन १७ एयर स्पष्ट रूपमा अत्यन्त पातलो हुनेछ भने अपेक्ष गरे अनुसार महँगो नहुने उल्लेख गरिएको छ।
आईफोन १७ एयरले बन्द हुने प्लस फोनहरूको जस्तै मूल्य निर्धारण मोडेललाई पछ्याउने एउटा नयाँ रिपोर्टले खुलासा गरेको छ।
एयर मोडेलको मूल्य लगभग ८०० अमेरिकी डलरदेखि सुरु हुने र माथि जाने उल्लेख गरिएको छ।
आईफोन १७ एयरमा अन्य फोनहरूको भन्दा कम शक्तिशाली स्पेक्सहरू हुने अपेक्षा गरिएको छ र एस्थेटिक्सलाई प्राथमिकता दिने प्रयोगकर्ताहरूका लागि मार्केट गरिने उल्लेख गरिएको छ।
फोनको मोटाई ६.२५ मिलिमिटर बाक्लो रहेको विदेशी सञ्चारमाध्यमले जनाएका छन् भनि टेलिग्राफले रिपोर्ट गरेको छ।
तुलनाको लागि, बेस आईफोन १६ मोडेलको मोटाई ७.८ मिमी रहेको छ।
त्यसैले यो फोन पहिलो स्थानमा अवस्थित हुने उल्लेख गरिएको छ।
त्यसैगरी आईफोन १७ एयर एप्पलको नयाँ आईफोन मोडेलमा एक विशिष्ट स्थानको उद्देश्यमा गरिएको पछिल्लो प्रयास हो भनि उल्लेख गरिएको छ।
सम्भवतः फोन उद्योगमा एप्पलको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी मानिएको सामसङले पनि आफ्नो लाइनको पातलो संस्करण बनाउँदै गरेको बताइएको छ।
आईफोन १७ एयरको समाचार बाहिर आउन थालेपछि ग्यालेक्सी एस२५ स्लिमलाई अन्तिम रूप दिइएको थियो भनि रिपोर्टले उल्लेख गरेको छ।
यद्यपि, आईफोन १७ एयरको विपरीत, एस२५ स्लिममा “अल्ट्रा क्यामरा” समावेश गरिएको र बाँकी अन्य एस२५ लाइनको साथ लन्च नहुने उल्लेख गरिएको छ।
उक्त डिभाइस यो महिना ग्यालेक्सी अनप्याक्डमा अनावरण हुने अपेक्षा गरिएको छ भने यो वर्षको उत्तरार्धमा आउने बताइएको छ।
चाखलाग्दो कुरा के छ भने, आईफोन १७ एयर सुरुमा एक स्ट्यान्डअलोन प्रोडक्ट (उत्पादन) हुनेछ भनि रिपोर्टले दावी गरेको छ।
प्लसको खराब बिक्री देखेपछि मात्र एप्पलले प्लस मोडेललाई एयरको साथ प्रतिस्थापन गर्ने निर्णय आएको टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: २२ पुष २०८१, सोमबार