पोको वेबसाइट आधिकारिक रूपमा बन्द, अब सबै नयाँ फोनहरू शाओमीमा उपलब्ध हुने

Technology Khabar २० पुष २०८१, शनिबार

काठमाडौं ।

पोकोले सन् २०२४ को अक्टोबरमा आफ्नो समर्पित पो डट को (po.co) वेबसाइट बन्द गर्ने घोषणा गरेको थियो। अब कम्पनीको यो वेबसाइट आधिकारिक रूपमा बन्द भएको छ। सन् २०२५ देखि, सबै पोको प्रोडक्ट (उत्पादन) हरू शाओमी वेबसाइट मार्फत यसको डिजिटल इकोसिस्टमलाई सुव्यवस्थित गर्ने प्रयासको साथ बिक्री गरिनेछ।

शाओमी वेबसाइटमा बिक्री गरिने पहिलो नयाँ पोको प्रोडक्ट (उत्पादन) पोको एक्स७ डुओ हुने भएको छ जुन जनवरी ९ तारिखमा आइपुग्नेछ।

ग्लोबल पो डट को (po.co) साइट र अन्य कुनै पनि क्षेत्रीय वेबसाइटहरूले स्पष्ट रूपमा काम गर्न छोडेका छन्। साथै बेलायती, फ्रान्सेली र जर्मन भेरियन्टहरू सहित युरोपेली साइटहरू सबै सम्बन्धित शाओमी स्टोरमा रिडिरेक्ट गरिएका छन्।

पोको इन्डिया भने सन् २०२४ को डिसेम्बरको उत्तरार्धको लागि तय गरिएको पोको सी७५ र पोको एम७ प्रो फाइभजी लन्च हुनुभन्दा केही समय अघिदेखि फ्रोजन (जमेको) भएको जस्तो देखिएको बताइएको छ।

त्यसैगरी पोको स्टोर एप पनि बन्द भएको छ। जबकि व्यक्तिगत डाटा भने एप्लिकेबल लज (लागू कानून) अनुसार एक निश्चित समयको लागी भण्डारण गरिने बताइएको छ जुन शाओमी खाता सेटिङहरु मार्फत डाउनलोड गर्न सकिनेछ।

यस बाहेक शाओमीले सबै वारेन्टीहरू ह्यान्डल गर्नेछ भनेर पोकोले पुष्टि गरेको छ। ब्रान्डलाई प्रायः स्वतन्त्र भनेर लेबल गरिएको भए तापनि कहिल्यै पूर्ण स्वायत्त नभएको र यसको मामलाहरूमा पनि लगातार यस्तै नै हुँदै आईरहेका बताइएको छ। यसको सट्टा, यसले विभिन्न बजारहरूमा अफलाइन र अनलाइन च्यानलहरू मार्फत बिक्री विस्तार गर्न मार्केटिङ रणनीतिको रूपमा कार्य गर्दछ भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २० पुष २०८१, शनिबार

तपाइको प्रतिक्रिया