सन् २०२४ मा यी गेम खेल्न “सबैभन्दा उत्सुक” थिए मानिसहरू

  • Technology Khabar | २० पुष २०८१, शनिबार
सन् २०२४ मा यी गेम खेल्न “सबैभन्दा उत्सुक” थिए मानिसहरू

काठमाडौं ।

वर्षको हरेक डिसेम्बर महिनामा गुगलले इन्टरनेटमा सबैभन्दा धेरै खोजी गरिएका विषय वस्तुहरूको बारेमा डाटा जारी गर्दछ।

यस सन्दर्भमा, खेलको संसारमा, न्यूयोर्क टाइम्सको वर्ड गेम कनेक्सन्सले अमेरिका र बाहिरका खेलाडीहरूको ध्यान आकर्षित गरेको छ, विदेशी मिडियाले लेखेको उदृढ गर्दै टेलिग्राफले रिपोर्ट गरेको छ।

यसैबीच, जापानी डेभलपर (विकासकर्ता) पकेटपेयरले जारी गरेको ‘पाल्वल्र्ड’ ले विश्वलाई आकर्षित गर्दै चर्चा कमाएको उल्लेख छ।

त्यसैगरी, इन्फाइनाइट क्राफ्टले निर्माण र रचनात्मकताका लागि असीमित सम्भावनाहरूका साथ खेलाडीहरूलाई चकित तुल्याएको बताइएको छ।

सन् २०२४ को सबैभन्दा धेरै अनुरोध गरिएका खेलहरूले लोकप्रिय खेलहरू अब केवल एक मुट्ठीभर स्टुडियो वा स्थानहरूद्वारा हावी हुँदैनन् भन्ने अवस्थालाई देखाएको उल्लेख गरिएको छ।

उदाहरणका लागि, चिनियाँ खेल ब्ल्याक मिथः वुकोङ, वर्षको सातौं सबैभन्दा धेरै खोजिएको खेल भएको टेलिग्राफले उल्लेख गरेको छ।

प्रकाशित: २० पुष २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार