४८ घण्टाको आउटेज पछि वनवेब स्याटेलाइटको सेवा पुनर्स्थापित

Technology Khabar १९ पुष २०८१, शुक्रबार

काठमाडौं ।

ईयूटेलस्याट ग्रुपले ४८ घन्टा सेवा बन्द भएपछि वनवेब सेवा पुनर्स्थापित गरेको छ। वनवेब लो अर्थ अर्बिट (लियो) कन्स्टलेसनका ग्राहकहरू ग्राउन्ड सेगमेन्ट भित्र सफ्टवेयर समस्याको कारण ४८ घण्टाको आउटेजबाट प्रभावित भएका थिए।

३१ डिसेम्बरबाट सुरु भएको यो अस्थायी समस्या नाम नखुलेको भेन्डरसँगको सहकार्यमा काम सकिएपछि अहिले समाधान भएको ग्रुपले बताएको छ।

आउटेजको समयमा, कम्पनीले स्थिति व्यवस्थापन गर्न प्रभावित ग्राहकहरूसँग खुला सञ्चार कायम राखेको बताएको छ।

समस्या समाधान भएपछि, आफ्ना प्रयोगकर्ताहरूका लागि सिमलेस कनेक्टिविटी सुनिश्चित गर्दै वनवेब कन्स्टलेसन (तारामंडल) अब पूर्ण रूपमा सञ्चालनमा आएको उल्लेख छ।

इयूटेलस्याटसँग वनवेब लियो (OneWeb LEO) कन्स्टलेसनको स्वामित्व छ, जसमा ६३० भन्दा बढी भूउपग्रहहरू छन्।

ईयूटेलस्याट ग्रुपले ईयूटेलस्याट र वनवेबको संयोजन गर्दछ।

प्रकाशित: १९ पुष २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया