भारतद्वारा ‘स्प्याडेक्स मिशन’ सुरु

  • Technology Khabar | १६ पुष २०८१, मंगलवार
भारतद्वारा ‘स्प्याडेक्स मिशन’ सुरु

काठमाडौं ।

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले आफ्नो ‘स्पेस डकिङ प्रयोग मिशन’ (स्प्याडेक्स) सफलतापूर्वक प्रक्षेपण गरेको छ। स्पेस डकिङ भनेको दुई स्पेसक्राफ्ट अन्तरिक्षमा एकअर्कासँग जोडिनु हो।

उक्त मिशन अन्तर्गत ध्रुवीय स्याटेलाइट प्रक्षेपण वाहन (पिएसएलभी–सी६०) दुई भूउपग्रह, एसडीएक्स०१ (चेजर) तथा एसडीएक्स०२ (लक्ष्य) सोमबार बङ्गालको खाडीको तटमा रहेको श्रीहरिकोटाको प्रक्षेपण गरिएको हो।

“पिएसएलभी–सी६० ले स्प्याडेक्स र २४ पेलोडहरू सफलतापूर्वक प्रक्षेपण गर्यो,“ इसरोले सामाजिक सञ्जालमा उल्लेख गर्यो।

स्प्याडेक्स मिशनमा पिएसएलभी–सी६० द्वारा प्रक्षेपण गरिएको दुई साना अन्तरिक्ष यानहरू समावेश छन्।

दुबै अन्तरिक्ष यानलाई अब आगामी १० दिनमा, सम्भवतः जनवरी ७ मा स्पेस डकिङ हासिल गर्न निर्देशन दिइनेछ।

इसरोका अनुसार स्प्याडेक्स भविष्यमा मानव अन्तरिक्ष उडान तथा उपग्रह सेवा मिसनहरूको लागि एक महत्वपूर्ण प्रविधि हो। रासस/सिन्ह्वा

प्रकाशित: १६ पुष २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...