कर्णालीमा डिजिटल भुक्तानी ग्राहकको संख्या ११ लाख २६ हजार पुग्यो, मोबाईल बैङ्किङ दर्ता गर्ने करिब ८ लाख

  • Technology Khabar | १६ पुष २०८१, मंगलवार
कर्णालीमा डिजिटल भुक्तानी ग्राहकको संख्या ११ लाख २६ हजार पुग्यो, मोबाईल बैङ्किङ दर्ता गर्ने करिब ८ लाख

काठमाडौं ।

कर्णाली प्रदेशमा मोबाईल बैङ्किङ रजिस्टर गर्ने ग्राहकको संख्या करिब ८ लाखको हाराहारीमा पुगेको छ भने डिजिटल भुक्तानी ग्राहकको संख्या लगभग सवा ११ लाख पुगेको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको “आर्थिक गतिविधि अध्ययन (कर्णाली प्रदेश): आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन”ले समीक्षा वर्षसम्म कर्णाली प्रदेशमा मोबाईल बैङ्किङ रजिस्टर गर्ने ग्राहकको संख्या ७ लाख ९२ हजार ४३१ पुगेको देखाएको छ। जसमध्ये सबैभन्दा बढी सुर्खेतमा ३ लाख ११ हजार ८१७ र सबैभन्दा कम डोल्पा जिल्लामा १८ हजार ३६ रहेका छन।

त्यसैगरी, इन्टरनेट बैङ्किङ रजिस्टर गर्ने ग्राहकको संख्या २० हजार १८ पुगेको छ। जसमध्ये, सबैभन्दा बढी सुर्खेत जिल्लामा १३ हजार २२२ र सबैभन्दा कम मुगु जिल्लामा १३२ रहेका तथ्यांकमा उल्लेख छ।

प्रतिवेदनअनुसार डिजिटल भुक्तानी ग्राहकको संख्या समीक्षा वर्षमा प्रदेशमा डिजिटल भुक्तानी ग्राहकको संख्या ११ लाख २६ हजार १९४ पुगेको छ।

क्रेडिट कार्ड, डेबिड कार्ड, मोबाईल बैङ्किङ, अनलाईन बैङ्किङ, पिओएस, प्रिपेड कार्ड र क्युआर मर्चेन्टका कुल क्रमशः ३ हजार ६९९ संख्या, ३ लाख ६११ संख्या, ७ लाख ७६ हजार २२४ संख्या, २० हजार ४७० संख्या, २५६ संख्या, ५४९ संख्या र २४ हजार ३८५ संख्या पुगेको राष्ट्र बैंकले जनाएको छ।

यस बाहेक शाखारहित बैंङ्किङ, ए.टि.एम., मोबाईल तथा इन्टरनेट बैङ्किङ समीक्षा वर्षमा कर्णाली प्रदेशमा २८ वटा शाखारहित बैकिङ्ग सेवा रहेका देखिएको छ।

यस्तो सेवा प्रवाहमा सुर्खेत जिल्ला सबैभन्दा अगाडि रहेको छ। जहाँ ११ ओटा शाखारहित बैकिङ्ग सेवा रहेको देखिन्छ जसमध्ये दैलेखमा ३ ओटा, सल्यानमा र कालिकोटमा ४/४ वटा शाखारहित बैङ्किङ सेवा रहेका छन।

त्यस्तै, हुम्ला र मुगुमा २/२ ओटा तथा रुकुम पश्चिम र जाजरकोटमा १/१ वटा शाखारहित बैङ्किङ सेवा रहेका छन। बाँकी दुई जिल्लाहरु डोल्पा र जुम्लामा भने यस्तो सेवा प्रवाह सुरु भएको छैन।

समीक्षा वर्षमा कर्णाली प्रदेशमा ११३ ओटा ए.टि.एम सञ्चालनमा रहेका छन्, जसमध्ये हुम्ला र मुगुमा २/२ ओटा ए.टि.एम. मात्र रहेका छन्।

प्रकाशित: १६ पुष २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...