
काठमाडौं ।
सामसङ इलेक्ट्रोनिक्स दक्षिण कोरियाली रोबोटिक्स कम्पनी रेन्बो रोबोटिक्सको सबैभन्दा ठूलो शेयरधनी बनेको छ। यो जनाकारी कम्पनीले मंगलबार नियामक फाइलिङमा जनाएको रोयटर्सले उल्लेख गरेको छ।
यसअघि पनि रेन्बो रोबोटिक्समा लगानी गरेको सामसङले २६७ अर्ब वन (१८१ मिलियन डलर) को नयाँ हिस्सेदारी खरिद गरेको फाइलिङमा उल्लेख छ। यो अधिग्रहणसँगै सामसङले सीईओलाई प्रत्यक्ष रिपोर्ट गर्ने गरी फ्युचर रोबोटिक्स अफिस स्थापना गर्ने योजना पनि राखेको कम्पनीले छुट्टै विज्ञप्तिमा जनाएको छ।
यो सम्झौताअघि सामसङ इलेक्ट्रोनिक्स रेन्बो रोबोटिक्सको दोस्रो ठूलो शेयरधनी थियो। कम्पनीमा यसको १४.७१ प्रतिशत हिस्सेदारी (करिब २.८५ मिलियन सेयर) रहेको थियो।
यसअघि कम्पनीको सबैभन्दा ठूलो शेयरधनी संस्थापक ओ जुन-हो र सम्बन्धित संस्थाहरू रहेका रोयटर्सले उल्लेख गरेको छ।
प्रकाशित: १६ पुष २०८१, मंगलवार