मानव रोबोट निर्माणमा केन्द्रित हुँदै एनभिडिया: यस्तो छ कारण

Technology Khabar १६ पुष २०८१, मंगलवार

मानव रोबोट निर्माणमा केन्द्रित हुँदै एनभिडिया: यस्तो छ कारण
टेकक्रञ्चबाट लिइएको

काठमाडौं ।

चिप निर्मता कम्पनी एनभिडिया २०२५ मा रोबोटिक्स क्षेत्रमा थप केन्द्रित हुँदैछ। फाइनान्सियल टाइम्स का अनुसार नयाँ वर्षको पूर्वार्द्धमा एनभिडियाले ह्युमनोइड अर्थात् मानव-रोबोटका लागि डिजाइन गरिएको नयाँ पुस्ताको कम्प्याक्ट कम्प्युटर जेट्सन थर सार्वजनिक गर्नेछ।

टेकक्रञ्चका अनुसार यो कदम एनभिडियाको धेरै वर्षदेखिको रणनीतिक योजनाको हिस्सा हो। एनभिडियाले टेस्ला जस्ता निर्माताहरूसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्न खोजेको होइन।

बरु यसको उद्देश्य विश्वभरका “सयौं हज्जारौं” रोबोट निर्माता कम्पनीहरूलाई ओईएम अर्थात् मौलिक उपकरण निर्माता प्रविधि उपलब्ध गराउनु रहेको कम्पनीका रोबोटिक्स उपाध्यक्ष दीपु तल्लाले टोकियोमा गत महिनाको पत्रकार सम्मेलनमा जानकारी दिए।

तल्लाका अनुसार यो परिवर्तन दुई प्राविधिक प्रगतिको कारणले सम्भव भएको छः

  • जेनेरेटिभ एआई मोडेलको वृद्धि
  • सिमुलेटेड वातावरणमा रोबोटलाई प्रशिक्षण दिने क्षमता

एनभिडियाले प्रत्यक्ष रूपमा केही नभने पनि यो प्रयासको अर्को कारण स्पष्ट छ। मुख्य ग्राहकहरू अमेजन र गुगल जस्ता कम्पनीहरूले एनभिडियाको एआई चिपमाथि निर्भरता घटाउन आफ्नै चिपहरू विकास गरिरहेका छन्। एनभिडियाको यो रणनीति एआई-शक्तियुक्त रोबोटिक्स क्षेत्रमा आफ्नो पकड बलियो बनाउने प्रयास हो।

प्रकाशित: १६ पुष २०८१, मंगलवार

तपाइको प्रतिक्रिया