एण्ड्रोइड १५ अपडेट पाउने एचएमडीको पहिलो फोन पल्स प्रो हुने

Technology Khabar १५ पुष २०८१, सोमबार

काठमाडौं ।

एचएमडीले पल्स प्रोबाट आफ्नो एण्ड्रोइड १५ अपडेट वितरण सुरु गरिसकेको छ। केही युनिटहरूले ओटीए अर्थात् (ओभर द एयर) अपडेट प्राप्त गरिरहेको रिपोर्टहरू प्राप्त भएका छन्।

जीएसएमएरिनाका अनुसार यस अपडेटको साइज ३.१२ जीबी रहेको छ र यसमा डिसेम्बर २०२४ सुरक्षा प्याचहरू समावेश छन्। यस अपडेटले प्रदर्शन सुधार गोपनीयता र सुरक्षा अपग्रेड, ब्याट्रीको अनुकूलन, र एडभान्स्ड नोटिफिकेशन नियन्त्रणजस्ता सुविधाहरू उपलब्ध गराउने वाचा गरेको छ।

यो ओटीए अपडेट विश्वव्यापी रूपमा उपलब्ध गराइँदैछ तर चरणबद्ध रूपमा वितरण भइरहेको छ। त्यसैले तपाईंको डिभाइसमा यो अपडेट तुरुन्तै नआउन पनि सक्छ।

एचएमडीले आधिकारिक अपडेट तालिकाहरू साझा गर्न त्यति राम्रो छैन तर एण्ड्रोइड १५ अपडेट प्राप्त गर्ने केही डिभाइस र डिभाइस सिरिजहरूको पुष्टि भइसकेको छ। एण्ड्रोइड १५ अपडेट पाउने एचएमडीका फोनहरुको सूची यसप्रकार छ:

  • नोकिया जी४२ फाइभजी
  • नोकिया जी६० फाइभजी
  • नोकिया एक्सआर२१ फाइभजी
  • नोकिया एक्स३० फाइभजी
  • एचएमडी पल्स सिरिज
  • एचएमडी क्रेस्ट सिरिज
  • एचएमडी फ्युजन
  • एचएमडी स्काइलाइन
  • एचएमडी टी२१

यी उपकरणहरूले २०२४ को अन्त्यसम्ममा नभए २०२५ को सुरुवातमा अपडेट प्राप्त गर्ने अपेक्षा गरिएको छ।

एचएमडीले आफ्नो उपकरण लाइनअपमा राम्रो काम गरिरहेको छ। यद्यपि अपडेट तालिका र आवृत्तिमा केही समस्या देखिएको छ। तर कम्पनीले अन्ततः आफ्ना वाचा पूरा गरिरहेको छ। एचएमडी पल्स प्रोले दुई प्रमुख सफ्टवेयर अपडेट र तीन वर्षसम्म सुरक्षा प्याच प्राप्त गर्ने सुनिश्चित गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १५ पुष २०८१, सोमबार

तपाइको प्रतिक्रिया