आन्तरिक राजस्व विभागले माग्यो सिस्टम तथा नेटवर्कसम्बन्धी परामर्श र सेवाका लागि आशयपत्र

  • Technology Khabar | १५ पुष २०८१, सोमबार
आन्तरिक राजस्व विभागले माग्यो सिस्टम तथा नेटवर्कसम्बन्धी परामर्श र सेवाका लागि आशयपत्र

काठमाडौं ।

आन्तरिक राजस्व विभागले आफ्नो सिस्टम सफ्टवेयर, हार्डवेयर, कम्युनिकेशन नेटवर्क तथा पावर सिस्टमको सपोर्ट तथा मर्मतका लागि राष्ट्रियस्तरमा खुल्ला आशयपत्र आह्वान गरेको छ। ‍

विभागले आज एक सूचना प्रकाशित गरी ई-जीपी अर्थात् विद्युतीय सरकारी खरिद प्रणालीमार्फत् परामर्श र सेवाका लागि आशयपत्रको आवेदन माग गरेको हो।

विभागले आज दोस्रोपटक सूचना प्रकाशन गर्दै ‘विभागको स्वीकृत वार्षिक कार्यक्रम बमोजिम उक्त प्रकारको परामर्श सेवा खरिद गर्ने प्रयोजनको लागि विद्युतीय माध्यमबाट राष्ट्रियस्तरमा खुल्ला आशयपत्र आव्हानको लागि यो सूचना प्रकाशन गरिएको’ उल्लेख गरेको छ।

आशयपत्र पेश गर्ने, खोल्ने स्थान लगायतका विस्तृत विवरण सहितको सूचना विभागको वेबसाइट www.ird.gov.np र सूचना पाटीमा समेत राखिएको जनाइएको छ। यसबाहेक आशयपत्र सम्बन्धी कागजात सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाईट www.bolpatra.gov.np/egp मा राखिएको छ।

प्रकाशित: १५ पुष २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार