पाँच महिनामा नेपाल भित्रियो १८ करोड हाराहारीको विद्युतीय चुलो

Technology Khabar १५ पुष २०८१, सोमबार

पाँच महिनामा नेपाल भित्रियो १८ करोड हाराहारीको विद्युतीय चुलो
सांकेतिक तस्विर

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८१/८२ को पाँचौं महिना मंसीर मसान्तसम्म नेपालमा १७ करोड ९१ लाख २८ हजार रुपैयाँ बराबरका विद्युतीय चुलोहरु आयात भएका छन्।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको मंसीर मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले विश्वका विभिन्न ८ देशहरुबाट उक्त मूल्य बराबरका ८९ हजार ९०१ थान यस्ता विद्युतीय चुलोहरु आयात गरेको हो।

यी परिमाणमा विद्युतीय चुलोहरु आयातवापत् सरकारले २ करोड ५६ लाख २६ हजार रुपैयाँ राजश्व आम्दानी गरेको छ।

यसरी आयात भएका विद्युतीय चुलोहरुलाई इण्डक्शन, इन्फ्रारेड र अन्य विद्युतीय चुलोमा वर्गीकरण गरिएको छ।

यीमध्ये सबैभन्दा धेरै चीनबाट १५ करोड ८५ लाख १४ हजार बराबरको ७८ हजार ४५६ थान तथा भारतबाट १ करोड ९९ लाख ४६ हजार बराबरको ११ हजार ७० सय थान चुलो आएको छ।

यसैगरी कतारबाट १ हजार बराबरको ३ थान, सिंगापुरबाट १५ हजार बराबरको २३ थान, बंगलादेशबाट ५ लाख ८१ हजार बराबरको ३३० थान,  मलेसियाबाट ३४ हजार बराबरको ७ थान, यूएईबाट २६ हजार बराबरको ११ थान  तथा इटलीबाट ९ हजार बराबरको १ थान विद्युतीय चुलो आएको पाइएको छ।

यस्तो छ तथ्याङ्क

इण्डक्शन चुलो

क्र संदेशपरिमाणरकम(हजारमा)
बंगलादेश३०५९
चीन४६२८७११६८९१
भारत७४७४१२९७६
मलेसिया३४
कतार
सिंगापुर२२१३
यूएई११२६
इटली

 

इन्फ्रारेड चुलो

क्र संदेशपरिमाणरकम(हजारमा)
बंगलादेश३००५२२
चीन२१८६४३८२०१
भारत३३३०६४८४

 

अन्य विद्युतीय चुलो

क्र संदेशपरिमाणरकम(हजारमा)
चीन३०५३४२२
भारत२७६४८६
कतार
सिंगापुर

प्रकाशित: १५ पुष २०८१, सोमबार

तपाइको प्रतिक्रिया