नयाँ कानूनी व्यवस्था अन्तर्गत एआई प्रयोगमा निगरानी राख्दै न्यूयोर्क राज्य सरकार

  • Technology Khabar | १५ पुष २०८१, सोमबार
नयाँ कानूनी व्यवस्था अन्तर्गत एआई प्रयोगमा निगरानी राख्दै न्यूयोर्क राज्य सरकार
Symbolic Pic. Generated with the support of AI

काठमाडौं ।

अमेरिकाको न्यूयोर्क राज्य सरकारका एजेन्सीहरूले कृत्रिम बुद्धिमत्ता अर्थात् एआई सफ्टवेयरको प्रयोग कसरी भइरहेको छ भन्ने विवरण दिने भएका छन्। यो विवरणका लागि समीक्षा गर्न र रिपोर्ट प्रकाशित गर्नुपर्ने प्रावधान गभर्नर क्याथी होचुलले हस्ताक्षर गरेको नयाँ कानूनको अधीनमा रहने बुझिएको छ।

राज्यका कानून निर्माता द्वारा यस वर्षको सुरुमा पारित गरिएको यो बिधेयक डेमोक्र्याट गभर्नर होचुलले गत हप्ता हस्ताक्षर गरेपछि कार्यान्वयनमा आएको हो।

एपीन्युजका अनुसार यो कानूनले राज्यका एजेन्सीहरूलाई कुनै पनि सफ्टवेयरको मूल्यांकन गर्न आवश्यक बनाउँछ जसले एल्गोरिदम, गणनात्मक मोडेल वा एआई प्रविधिहरूको प्रयोग गर्दछ र ती समीक्षाहरू गभर्नर र शीर्ष विधायिका नेताहरूलाई बुझाउन र अनलाइन पोस्ट गर्नुपर्नेछ।

यदि यो प्रणाली मानवद्वारा निरन्तर निगरानी नगरिएको खण्डमा यसले कुनै व्यक्तिले बेरोजगारी भत्ता वा बाल सुरक्षा सहायता प्राप्त गर्ने निर्णय स्वत: बनाउनेजस्ता केही स्थितिहरूमा एआईको प्रयोगलाई रोक्ने बुझिएको छ।

यस कानून अन्तर्गत राज्यका कर्मचारीहरूले एआईको कारणले गर्दा आफ्ना घण्टा वा कामका कर्तव्य सीमित गर्नुपर्ने छैन।

यो बिल प्रायोजित गरेकी राज्य सांसद क्रिस्टन गोञ्जाले यसलाई एउटा महत्त्वपूर्ण कदम भनेर सम्बोधन गर्दै यसले राज्य सरकारमा यो उदीयमान प्रविधिको प्रयोगमा केही सुरक्षा र नियन्त्रणको व्यवस्था गर्ने बताइन्।

प्रकाशित: १५ पुष २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...