ओपनएआईको च्याटजीपीटी सेवा अब ह्वाट्सएपमा पनि उपलब्ध

  • Technology Khabar | १५ पुष २०८१, सोमबार
ओपनएआईको च्याटजीपीटी सेवा अब ह्वाट्सएपमा पनि उपलब्ध

काठमाडौं ।

प्रयोगकर्ताहरूले अब आफ्नो ह्वाट्सएप सम्पर्क सूचीमा १ (८००) च्याट–जीपीटी थपेर मेटाको मेसेजिङ एप भित्र च्याटजीपीटी च्याटबोट प्रयोग गर्न सक्छन्।

यो संस्करणमा च्याटजीपीटी टेक्सट इनपुटमा मात्र सीमित रहेको हुनाले यसमा कुनै उन्नत भ्वाइस मोड वा भिजुअल इनपुट नभएको बताइएको छ। यद्यपि यसमा च्याटजीपीटी ओ१–मिनी मोडेलका सबै एआई विकल्पहरू भने उपलब्ध हुनेछन्।

ओपनएआईले यसको च्याटबट प्रदान गर्ने सबै ठाउँमा व्हाट्सएप च्याटजीपीटी अब उपलब्ध हुनेछ र प्रयोगकर्तालाई खाताको आवश्यकता नपर्ने उल्लेख गरिएको छ।

साथै ओपनएआईले अवस्थित प्रयोगकर्ताहरूलाई ह्वाट्सएप मार्फत आफूलाई प्रमाणित गर्ने तरिका सक्षम पार्न काम गरिरहेको बताइएको छ। यद्यपि यो विकल्प कहिले उपलब्ध हुन सक्छ भनेर कुनै टाइमलाइनको घोषणा भने गरिएको छैन।

यसबाहेक, अमेरिकी प्रयोगकर्ताहरूका लागि च्याटजीपीटी हटलाइन विकल्प उपलब्ध भएको र १५ मिनेट निःशुल्क च्याटजीपीटी हटलाइन प्रयोग अफर (प्रदान) गरिएको टेलीग्राफले उल्लेख गरेको छ।

“हामीले भर्खरै च्याटजीपीटीलाई सबैका लागि पहुँचयोग्य बनाउनको लागि कार्य सुरु गरेका छौँ” ओपनएआईका उत्पादन प्रमुख हेभिन वेइलले उल्लेख गरे।

प्रकाशित: १५ पुष २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार