Technology Khabar १४ पुष २०८१, आईतवार
काठमाडौं ।
एप्पलले ६० हर्ज रिफ्रेस रेट सहितको बेस (आधारभूत) आईफोन १६ र आईफोन १६ प्लस समावेश रहेको आफ्नो आईफोन १६ सिरिजको घोषणा गर्दा धेरैजना यस तथ्यबाट निराश भएका थिए।
साथै ७९९ अमेरिकी डलरबाट सुरु हुने यी दुई फ्ल्यागशिप फोनहरूको कमजोर पक्ष डिस्प्ले थियो। यद्यपि अर्को पुस्ताको आईफोन १७ ले अन्ततः उच्च रिफ्रेस रेटको लागि समर्थन ल्याउने सम्भावना रहेको उल्लेख गरिएको छ।
एप्पल आईफोन १७ ले अन्ततः डिस्प्ले अपग्रेड पाउने सम्भावना
वेइबोमा साझा गरिएको विवरणहरूको नयाँ जानकारी प्रख्यात टिपस्टर डिजिटल च्याट स्टेशनबाट आएको उल्लेख गरिएको छ। साथै एप्पलले कथित रूपमा आफ्नो स्ट्याण्डर्ड र प्लस मोडेलहरूमा डिस्प्ले रिफ्रेस रेट सुधार गर्ने योजना गरिरहेको बताइएको छ।
प्रोमोशन डिस्प्ले टेकको समर्थनका साथ आउने एप्पलको प्रो र प्रो म्याक्स भेरियन्टहरूले १–१२०हर्जको १२०हर्ज एडाप्टिभ रिफ्रेस रेट प्रदान गर्दछ। यो सुविधा अन्ततः सन् २०२५ को सम्पूर्ण आईफोन लाइनअपमा विश्वव्यापी हुन सक्ने उल्लेख गरिएको छ।
आईफोन १७ ले उच्च रिफ्रेस रेटलाई समर्थन गर्ने टिपस्टरले दावी गरेका छन्। यद्यपि सही रिफ्रेस रेटको बारेमा भने केही पनि थाहा नभएको उल्लेख गरिएको छ। कुपर्टिनो आधारित कम्पनीले भने केवल ९० हर्ज रिफ्रेस रेट समावेश गर्न सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ।
साथै यो प्यानलले भेरियबल/एडाप्टिभ रिफ्रेस रेटलाई पनि समर्थन नगर्ने सम्भावनको रहेको उल्लेख गरिएको छ। यद्यपि हालेको लागि यो अनुमान मात्र भएको भन्दै डिजिटल च्याट स्टेशनले यति नै जानकारी साझा गरेको उल्लेख छ।
त्यसका साथै एप्पलले नयाँ आईफोन १७ एयर मोडेलमा पनि काम गरिरहेको र जुन स्पष्ट रूपमा नयाँ उत्पादन परिचय चरणमा प्रवेश गरेको बताइएको छ। साथै यो मोडेल मात्र ५ देखि ६ मिमी थिकनेस (मोटाई) रहने अफवाह रहेको छ।
त्यसैगरी, सामसङ ग्यालेक्सी एस२५ स्लिमले पनि एप्पलको यस नयाँ मोडललाई टक्कर दिनको लागि काममा गरिरहेको उल्लेख छ। साथै प्रारम्भिक रेन्डर लीकले गुगल पिक्सेल प्रेरित क्यामरा डिजाइनको साथ आईफोन १७ प्रो सिरिजको डिजाइनको झलक पनि प्रस्तुत गरेको गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: १४ पुष २०८१, आईतवार