ल्यापटप निर्माताहरूले सन् २०२६ सम्ममा ईयूमा यूएसबी–सी चार्जरहरू अपनाउनु पर्ने

  • Technology Khabar | १४ पुष २०८१, आईतवार
ल्यापटप निर्माताहरूले सन् २०२६ सम्ममा ईयूमा यूएसबी–सी चार्जरहरू अपनाउनु पर्ने

काठमाडौं ।

युरोपियन युनियनभरका मोबाइल डिभाइसहरूको लागि यूएसबी–सी चार्जिङ पोर्टहरू स्ट्याण्डर्ड बन्ने भएको हुनाले ईयू उपभोक्ताहरूलाई अब तिनीहरूको स्मार्टफोन, ट्याब्लेट, क्यामरा, हेडफोन, भिडियो गेम कन्सोल र अन्य डिभाइसहरूका लागि फरक चार्जरहरू आवश्यक नपर्ने भएको छ।

सन् २०२२ मा, युरोपेली संसद र सदस्य राष्ट्रहरूले वैकल्पिक चार्जिङ विधिहरू खारेज गर्ने भारी बहुमतद्वारा निर्णय गरेका हुनाले ईयूमा बिक्री गरिने सबै साना र मध्यम आकारका पोर्टेबल इलेक्ट्रोनिक डिभाइसहरू यूएसबी–सी पोर्टहरूसँग कम्प्याटिबल हुनुपर्ने उल्लेख गरिएको छ।

ईयू नियमहरू अन्तर्गत उपभोक्ताहरूले आफूले खरिद गरेको प्रत्येक डिभाइससँग नयाँ चार्जर लिने वा नलिने भनेर छनौट गर्न सक्नेछन्।

निर्माताहरूले यी परिवर्तनहरूमा आफूलाई कसरी समाहित गर्नेछन् भनेर “नजीकबाट निगरानी” गर्ने संसदले घोषणा गरेको उल्लेख छ। यद्यपि, इलेक्ट्रोनिक्स निर्माताहरूले भने लामो समयदेखि चार्जिङ प्रविधिहरूलाई स्ट्याण्डर्डाइज (मानकीकरण) गर्ने ईयू प्रयासहरूको प्रतिरोध गर्दै आएको उल्लेख छ।

यस निर्णयले विशेष गरी एप्पललाई असर गर्ने बताइएको छ। साथै यसले अन्य सबै विक्रेताहरूलाई पनि असर गर्नेछ। एप्पलले इनोभेसनको बारेमा चिन्तालाई उद्धृत गर्दै सुरुमा नियमहरूको विरोध गरेको थियो। यद्यपि, टेक जायन्टले निर्देशनलाई पालना गर्न र आफ्नो डिभाइसहरूको लागि यूएसबी–सीमा स्विच गर्न थालेको उल्लेख छ।

त्यसैगरी, ल्यापटप निर्माताहरूले सन् २०२६ को अप्रिल २८ तारिखदेखि उही नियमहरू पालना गर्नुपर्नेछ भनि टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: १४ पुष २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...