टर्कीएको ‘सञ्चार भूउपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुग्यो

  • Technology Khabar | १४ पुष २०८१, आईतवार
टर्कीएको ‘सञ्चार भूउपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुग्यो

काठमाडौं ।

टर्कीएको पहिलो घरेलु ‘सञ्चार भूउपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुगेको छ। यो देशको अन्तरिक्ष कार्यक्रममा महत्त्वपूर्ण कोसेढुङ्गा भएको यातायात तथा पूर्वाधार मन्त्री अब्दुलकादिर उरालोग्लुले शनिबार बताएका छन्।

‘टर्कस्याट ६ए’ ४२ डिग्री पूर्वी कक्षमा पुगेको मन्त्रीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उल्लेख गरे।

“हाम्रो राष्ट्रिय गौरवले टर्कीएलाई अन्तरिक्ष गतिविधिहरूमा अन्तर्राष्ट्रिय खेलाडीको रूपमा उचाल्ने र हाम्रो सञ्चार पूर्वाधारलाई बलियो बनाउनेछ,”उनले बताए।

स्थानीय समय अनुसार बिहान ५ बजे अन्तिम प्रज्वलनपछि भूउपग्रह ३५ हजार ७८६ किलोमिटरमा आफ्नो अन्तिम ‘जियोसिंक्रोनस अर्बिट’ मा पुग्यो।

कक्षमा थप परीक्षण गरिसकेपछि टर्कस्याट ६ए सन् २०२५ को पहिलो त्रैमासिकसम्म सञ्चालन हुने अपेक्षा गरिएको छ।

टर्कस्याट ६ए जुलाई ९ मा फ्लोरिडामा स्पेस एक्स केप क्यानाभेरलबाट प्रक्षेपण गरिएको थियो। रासस/सिन्ह्वा

प्रकाशित: १४ पुष २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...