चीनद्वारा प्रक्षेपण गरिएको व्यावसायिक रकेट असफल

  • Technology Khabar | १३ पुष २०८१, शनिबार
चीनद्वारा प्रक्षेपण गरिएको व्यावसायिक रकेट असफल

काठमाडौं ।

चीनले व्यावसायिक वाहक रकेट प्रक्षेपण गरेको छ। चीनको लिजियान–१ वाई६ क्यारियर रकेट उत्तरपश्चिम चीनको व्यावसायिक एयरोस्पेस इनोभेसन पाइलट जोनबाट प्रक्षेपण गरेपछि शुक्रबार असफल भएको छ।

व्यावसायिक रकेटले तेस्रो चरणको उडानको क्रममा समस्याको सामना गर्यो। रकेटको विकासकर्ता सीएएस स्पेसका अनुसार इन्जिन इग्निशन भएको करिब तीन सेकेन्डपछि रकेटले समस्याको सामना गर्यो ।

इन्जिन इग्निशन भनेको इन्जिन सिलिन्डर भित्र हावा ईन्धन मिश्रणलाई प्रज्वलित गरेर इन्जिन सुरु गर्नु हो। रासस/सिन्ह्वा

प्रकाशित: १३ पुष २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार