खर्च कटौतीले चिप्स, एआई र अन्य प्राविधिक क्षेत्रमा असर पर्न सक्ने: ताइवानी विज्ञान मन्त्रालय

  • Technology Khabar | १३ पुष २०८१, शनिबार
खर्च कटौतीले चिप्स, एआई र अन्य प्राविधिक क्षेत्रमा असर पर्न सक्ने: ताइवानी विज्ञान मन्त्रालय

काठमाडौं ।

खर्च कटौतीले चिप्स, एआई, र अन्य प्राविधिक क्षेत्रमा असर पर्न सक्ने ताइवानको विज्ञान मन्त्रालयले चेतावनी दिएको छ। शुक्रबार मन्त्रालयले विपक्षी पार्टीहरूले आर्थिक र प्राविधिक क्षेत्रमा खर्च कटौती गर्न कानुन पारित गरेपछि अर्को वर्षका लागि सेमिकण्डक्टर, एआई, र अन्तरिक्ष अनुसन्धानजस्ता क्षेत्रहरूको बजेटमा करिब २० अर्ब डलरले कटौती हुन सक्ने बताएको छ।

संसदमा बहुमत ताइवानको विपक्षी पार्टीहरूले गत हप्ता कानुन पास गरी केन्द्र सरकारको खर्च स्थानीय नगरपालिका तर्फ मोड्ने निर्णय गरेका थिए। यो कदम सत्तारुढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) र हजारौं प्रदर्शनकारीहरूको विरोधका बावजुद पारित भएको रोयटर्सले उल्लेख गरेको छ।

ताइवानको विज्ञान मन्त्रालयको यो चेतावनी आर्थिक मामिला मन्त्रालयले मंगलबार दिएको चेतावनीपछि आएको हो। मन्त्रालयले देशका माइक्रोन, एएमडी, र एनभिडियाजस्ता प्राविधिक कम्पनीहरूसँगको सहकार्य प्रभावित हुन सक्ने र पर्याप्त बजेट अभावले ताइवानका अन्तर्राष्ट्रिय एआई प्राविधिक साझेदारीहरूमा असर गर्न सक्ने बताएङ्को छ।

आर्थिक मन्त्रालयका अनुसार अर्को वर्षका लागि बजेट २९.७ अर्ब डलरले कटौती हुने सम्भावना छ, जसमा ११.६ अर्ब ताइवानी डलर प्रविधि परियोजनाहरूमा खर्च कटौती गर्न लागिएको छ।

ताइवानको सबैभन्दा ठूलो वैदेशिक लगानीकर्ता माइक्रोन, एएमडी र एनभिडियाजस्ता कम्पनीहरूले ताइवान सरकारसँग प्राविधिक सहकार्यका लागि आवेदन दिएका छन्, जसमा सरकारको आंशिक आर्थिक सहयोग रहेको छ।

प्रकाशित: १३ पुष २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...