अझै चलेनन् बिहीबारदेखि समस्याग्रस्त स्थानीय तहका वेबसाइट, कहिले आउलान् यथास्थितिमा?

  • Technology Khabar | १२ पुष २०८१, शुक्रबार
अझै चलेनन् बिहीबारदेखि समस्याग्रस्त स्थानीय तहका वेबसाइट, कहिले आउलान् यथास्थितिमा?

काठमाडौं ।

हिजोदेखि नचलेका देशभरका स्थानीय तहको अधिकांश वेबसाइट अहिले पनि सञ्चालनमा आउन सकेका छैनन्।

हिजो बिहीबारदेखि नै काठमाडौं महानगरपालिका र अन्य केही पालिकाहरु सामान्य चलिरहेको र बाँकी पालिकाहरुको वेबसाइट भिजिट गर्दा होमपेज खुल्दैन बरु ‘वी आर अन्डरगोइङ मेन्टेनेन्स। वी विल बी ब्याक शर्टली’ ‘यस वेबसाइटको मर्मत कार्य जारी छ। हामी एकछिन पछि फर्कने छौं’ भन्ने सन्देश देखा पर्छ। यो क्रम अहिले पनि जारी छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले साइटहरु डाउन हुनुको कारण पत्ता लगाउन प्राविधिक जाँच भइरहेको बताए पनि बिहीबारदेखि समस्याग्रस्त साइटहरु यथास्थितिमा फर्कन सकेका छैनन् जसका कारण यसबाट सेवाग्राहीहरु मर्कामा परेका छन्।

प्रकाशित: १२ पुष २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...