इलन मस्कको एक्सएआईले नयाँ सिरिजमा ६ अर्ब डलर लगानी उठायो

  • Technology Khabar | १२ पुष २०८१, शुक्रबार
इलन मस्कको एक्सएआईले नयाँ सिरिजमा ६ अर्ब डलर लगानी उठायो

काठमाडौं ।

इलन मस्कको एआई कम्पनी एक्सएआई ले हालै सम्पन्न सिरिज सी वित्तीय चरणमा ६ अर्ब डलर लगानी संकलन गरेको छ।

कम्पनीले यो हप्ता एन्ड्रीसीन होरोविट्ज, ब्ल्याकरक, फिडेलिटी, लाइटस्पीड, एमजीएक्स, मोर्गन स्ट्यान्ली, ओआईए, क्यूआईए, सिकोया क्यापिटल, भेलर इक्विटी पार्टनर्स, भाइ क्यापिटल, एनभिडिया,एएमडी लगायतका संस्थाहरूले लगानी गरेका छन्।

टेकक्रञ्चका अनुसार सार्वजनिक फाइलिङका अनुसार, साउदी अरेबियाको समूह कम्पनी किङडम होल्डिङ्सले यस चरणमा झन्डै ४०० मिलियन डलर लगानी गरेको छ। यस फाइलिङले एक्सएआईको हालको मूल्यांकन ४५ अर्ब डलर पुगेको देखाएको छ, जुन अघिल्लो मूल्यांकनको झन्डै दोब्बर हो।

यस नयाँ लगानीपछि xएआई ले अहिलेसम्म कुल १२ अर्ब डलर संकलन गरिसकेको छ। यसअघि कम्पनीले मे महिनामा ६ अर्ब डलर जुटाएको थियो।

फाइनान्सियल टाइम्सका अनुसार यस चरणमा केवल अघिल्लो वित्तीय चरणमा सहभागी भएका लगानीकर्ताहरूलाई मात्र सहभागी हुन अनुमति थियो। रिपोर्टअनुसार मस्कले ट्विटर खरिद गर्दा सहयोग गर्ने लगानीकर्ताहरूलाई एक्सएआईका शेयरहरूको २५ प्रतिशतसम्म पहुँच दिइएको टेकक्रञ्चले उल्लेख गरेको छ।

एक्सएआईले आफ्नो बयानमा भन्यो, “हाम्रो अहिलेसम्मकै सबभन्दा शक्तिशाली मोडलको प्रशिक्षण भइरहेको छ। हामी उपभोक्ता र व्यवसायका लागि नवीन उत्पादनहरू सुरु गर्न केन्द्रित छौँ। यस चरणबाट उठाइएको रकमले हाम्रो उन्नत पूर्वाधारलाई थप गति दिने, क्रान्तिकारी उत्पादनहरू डेलिभर गर्ने र अनुसन्धान तथा विकासमा तीव्रता ल्याउनेछ।”

प्रकाशित: १२ पुष २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...