
काठमाडौं ।
युरोपेली आयोगले यस महिनाको सुरुवातमा सातवटा नयाँ एआई कारखानाहरू निर्माण गर्न स्वीकृत गरेको थियो। तर यी कारखानाहरू के हुन् र हामी तिनीहरूबाट के आशा गर्न सक्छौं?
युरोपेली आयोगले युरोपभर फैलिएका सातवटा नयाँ वा आधुनिक एआई प्लान्टहरूका लागि यस महिना १.५ बिलियन यूरो कोष स्वीकृत गरेको छ।
साथै प्रत्येक कारखानाले एआई सुपर कम्प्युटर्स र प्रोग्रामिङ इक्विपमेन्ट (उपकरण) स्थापना वा स्तरवृद्धि गर्ने घोषणा गरिएको उल्लेख छ।
त्यसैगरी नयाँ कारखानाहरूले ईयूमा साना व्यवसायहरू बीच “एआईको प्रयोग विस्तार” गर्नेछन्।
पहिलो कारखानाहरू सन् २०२५ सम्ममा सञ्चालनमा आउनु पर्छ र दशकको अन्त्यसम्ममा उनीहरूले युरोपलाई “एआई महाद्वीप” मा परिणत गर्ने आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले उल्लेख गरिन्।
एआई कारखानाहरू के हुन्?
यो पछिल्लो “औद्योगिक क्रान्ति” को समयमा राजस्व र बौद्धिकता उत्पन्न गर्नु एआई कारखानाको मुख्य लक्ष्य भएको एनभिडियाका संस्थापक जेन्सेन हुआंगले यस वर्षको सुरुमा एक मुख्य भाषणमा बताएको उल्लेख गरिएको छ।
“जसले यी च्याटबटहरू र एआई जेनेरेटिभ निर्माण गरिरहेका छन्, तपाईलाई एआई कारखाना चाहिनेछ” हुआंगले भने।
हार्वर्ड बिजनेस रिभ्युको २०२० लेख अनुसार डाटा “पाइपलाइन”, एल्गोरिदम बिल्डिङ्ग (निर्माण), एआई प्रशिक्षणलाई समर्थन गर्ने सुपर कम्प्युटर्स जस्ता सफ्टवेयर पूर्वाधार र एआई परीक्षण गर्न सकिने एक प्रयोग प्लेटफर्म गरी मजबुत एआई फ्याक्ट्रीमा चारवटा तत्वहरू हुने उल्लेख गरिएको छ।
एआई कारखानाहरूद्वारा उत्पन्न इन्टेलिजेन्स (बुद्धिमत्ता) त्यसपछि मोडेल वा अन्य प्रकारका नयाँ प्रविधिहरू सञ्चालन गर्न प्रयोग गर्न सकिन्छ भनि युरोन्यूजले लेखेको टेलिग्राफले रिपोर्ट गरेको छ।
एनभिडियाको सन्दर्भमा, कम्पनीले औद्योगिक रोबोट र सेल्फ–ड्राइभिङ कारहरूको विकास गर्न र च्याटजीपीटी जस्ता एआई–संचालित प्रणालीहरू प्रदान गर्न आफ्नो कारखाना प्रयोग गर्ने बताएको छ।
हार्वर्ड बिजनेस रिभ्युका अनुसार फ्याक्ट्रीहरूले गुगलको दैनिक विज्ञापन लिलामी, उबर र बोल्टको राइड–हेलिङ उपलब्धता र अमेजनको मूल्य निर्धारणलाई पनि समर्थन गर्ने बताइएको छ।
तिनीहरूलाई कहाँ हुनेछन्?
आयोगले कारखाना निर्माणको लागी स्थानहरुको रूपमा बार्सिलोना, स्पेन; बिसेन, लक्जमबर्ग; बोलोग्ना, इटाली; स्टटगार्ट, जर्मनी; मिमर, स्वीडेन; कजानी, फिनल्याण्ड र एथेन्स; ग्रीस छनोट गरेको छ।
स्पेनमा अवस्थित सुपर कम्प्युटर सुविधाहरूले अपग्रेड प्राप्त गर्नेछ र ग्रीसमा एआई कारखाना पहिले नै प्रयोगमा रहेको डीएईडीएएलयूएस नामक सुपर कम्प्युटरको साथ खुल्ने बताइएको छ।
प्रत्येक एआई कारखानाले ईयू अर्थव्यवस्थाको विभिन्न क्षेत्रहरूमा ध्यान केन्द्रित हुने उल्लेख गरिएको छ। इटालीमा कृषि–खाद्य र साइबरसुरक्षामा फोकसको अंश हुनेछ भने लक्जमबर्गमा अन्तरिक्ष र वित्त फोकस क्षेत्रहरू हुने टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: ११ पुष २०८१, बिहीबार