बाहिरी समूहको तोडफोडले क्षति भएको हुम्ला स्थित नेपाल टेलिकमको बीटीएस टावर सञ्चालनमा आयो

  • Technology Khabar | १० पुष २०८१, बुधबार
बाहिरी समूहको तोडफोडले क्षति भएको हुम्ला स्थित नेपाल टेलिकमको बीटीएस टावर सञ्चालनमा आयो

काठमाडौं ।

अनधिकृत तथा बाहिरी व्यक्तिहरुको अवाञ्छित क्रियाकलापका कारण क्षति पुगेको हुम्ला जिल्लास्थित नेपाल टेलिकमको बीटीएस टावर सञ्चालनमा आएको छ।

कर्णाली प्रदेश अन्तर्गत हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका केन्द्रमा रहेको नेपाल टेलिकमका बीटीएस टावर, सोलार प्यानल, भीस्याटका उपकरणहरु तथा अर्थिंङ केवलमा पुस ४ गते अनधिकृत रुपमा केही समूह/व्यक्तिहरुबाट अवाञ्छित क्रियाकलाप गरी क्षति पुर्याउने काम भएको र सो कार्यबाट नेपाल टेलिकमले प्रवाह गर्दै आएको सेवाहरु अवरुद्ध भएको थियो।

टावरमा क्षति हुँदा सर्केगाड गाउँपालिका केन्द्रमा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको थियो।

नेपाल टेलिकम सुर्खेतका एक अधिकारीले उक्त बिटिएस टावर मर्मत गरि सेवा सञ्चालनमा ल्याईसकिएको जानकारी दिएका छन।

“विकट भौगोलिक स्थान र करिब २ फिट हिउँ परिरहेको बिचमा टेलिकमका प्राविधिकले आजै बिहान उक्त टावर मर्मत गरेसँगै अनलाइन भएको छ, अब सेवा पुनः सञ्चालनमा आएको छ,” उनले टेक्नोलोजीखबरसँग भने।

तर नेपाल टेलिकमको उक्त टावर तथा उपकरणहरुमा कस्ले क्षति पुर्यायो भन्ने हालसम्म खुल्न सकेको छैन्।

प्रकाशित: १० पुष २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार