एलजीको ट्रान्सपेरेन्ट स्क्रिन टीभी बिक्रीका लागि उपलब्ध

Technology Khabar ९ पुष २०८१, मंगलवार

काठमाडौं ।

यस वर्षको सुरुमा एलजीले प्रस्तुत गरेको पहिलो वायरलेस ट्रान्सपेरेन्ट स्क्रिन टीभी ‘एलजी ओएलईडी टी’ मोडेल अहिले बिक्रीमा छ।

एलजीको आधिकारिक वेबसाइटमा रहेको जानकारी अनुसार यो ७७ इन्चको डायगोनल स्क्रिन भएको टेलिभिजनको मूल्य ६०,००० डलर रहेको उल्लेख गरिएको छ।

‘ओएलईडी टी’मा फोरके रेजोल्युसन र एलजीको वायरलेस अडियो र भिडियो स्ट्रिमिङ टेक्नोलोजी समावेश गरिएको एलजीले बताएको छ। साथै यसमा रहेको एउटा स्क्रिनलाई बटन पुश गरेर उठाउन वा कम गर्न सकिने बताइएको छ।

त्यसैगरी यो टीभी नयाँ एलजी अल्फा ११ एआई प्रोसेसर द्वारा संचालित रहेको बताइएको छ जुन अघिल्लो पुस्ताको चिप भन्दा चार गुणा प्रदर्शन गर्ने बताइएको छ। साथै अतिरिक्त पावरले ७० प्रतिशत हाइयर ग्राफिक्स पर्फमेन्स र ३० प्रतिशत हाइयर प्रोसेसिङ स्पिड प्रदान गर्ने कम्पनीले दाबी गरेको छ।

ओएलईडी टी मोडेलले जीरो कनेक्ट बक्स सँग काम गर्ने र वायरलेस रूपमा टिभीमा भिडियो र अडियो सिग्नलहरू पठाउने बताइएको छ। साथै कन्सोल्स र अन्य स्ट्रिमिङ डिभाइसहरू सीधा टिभीमा नभएर उक्त बक्समा जडान गर्नु पर्ने उल्लेख गरिएको छ।

सुरुमा, ओएलईडी टीमा केही भिजुअलहरू थोरै ब्लरी (धमिलो) भएको जस्तो देखिने बताइएको छ र तपाईंले टीभीमा देख्नु भएको कुरा वास्तवमा तपाईंको कोठामा देखिनेछ भनि टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: ९ पुष २०८१, मंगलवार

तपाइको प्रतिक्रिया