व्हाट्सएपले सन् २०२५ को जनवरी १ देखि पुराना एन्ड्रोइड डिभाइसहरूको लागि समर्थन बन्द गर्ने

Technology Khabar ९ पुष २०८१, मंगलवार

काठमाडौं ।

व्हाट्सएपले पुराना एण्ड्रोइड संस्करणमा चल्ने लाखौं फोनहरूमा काम गर्न छोड्दैछ। मेटा स्वामित्वको यो प्लेटफर्मले नयाँ सुविधाहरू थप्दै गर्दा पुराना उपकरणहरूको समर्थन बन्द गरिरहेको छ, जसमा आईफोन पनि सामेल छन्।

न्युज१८ का अनुसार एण्ड्रोइड किटक्याट १० वर्षभन्दा पुरानो संस्करण हो, र अब यो संस्करणले जनवरी २०२५ बाट व्हाट्सएपको समर्थन गुमाउँदैछ। त्यसैले, यदि तपाईं एण्ड्रोइड किटक्याटमा चल्ने फोन प्रयोग गर्दै हुनुहुन्छ भने व्हाट्सएप चलाउनको लागि नयाँ स्मार्टफोन किन्नुपर्नेछ।

धेरै मानिसहरूले प्रश्न गर्न सक्छन्, “अहिलेसम्म कसैले एण्ड्रोइड किटक्याट प्रयोग गरिरहेको छ?” तर व्हाट्सएपले अहिलेसम्म यो संस्करणलाई समर्थन गरिरहेको थियो, जसले यसको उपयोगिता देखाउँछ। तर २०२५ को सुरूवातदेखि यो परिवर्तन हुनेछ।

जनवरी १, २०२५ बाट व्हाट्सएपको समर्थन गुमाउने फोनहरूको सूचीमा सामसङ, एलजी, सोनी,एचटीसीजस्ता लोकप्रिय ब्रान्डहरू समावेश छन्।

सेवाबाट वञ्चित हुने धेरै जसो फोनहरूको सूची यसप्रकार छ:

  • सामसङः ग्यालेक्सी एस३, ग्यालेक्सी नोट २, ग्यालेक्सी एस ३, ग्यालेक्सी एस४ मिनी
  • मोटोरोलाः मोटो जी (फर्स्ट जेन), रेजर एचडी, मोटो ई २०१४
    एचटीसीः वान एक्स, वान एक्स+, डिजायर ५००, डिजायर ६०१
  • एलजीः अप्टिमस जी, नेक्सस ४, जी२ मिनी, एल९०
  • सोनीः एक्सपेरिया जेड, एक्सपेरिया एसपी, एक्सपेरिया टी, एक्सपेरिया भी

सायद तपाईंमध्ये कसैले अझै पनि ती डिभाइसहरूलाई मुख्य फोनको रूपमा प्रयोग गरिरहनुभएको छ र यदि तपाईंले ती मध्ये कुनै एकलाई दैनिक रुपमा चलाइरहनुभएको छ भने तपाईंले अब नयाँ डिभाइसमा आफ्नो सबै व्हाट्सएप डाटा ब्याकअप गर्ने तरिका खोज्नुपर्नेछ। अन्यथा, सन् २०२५ को जनवरी १ तारिखपछि तपाईंको सबै मिडिया र व्हाट्सएपको च्याट इतिहास हट्नेछ।

मेटाले केही महिना अघि आईफोनहरूको लागि पनि समान घोषणा गरेको थियो र घोषणासँगै १५.१ संस्करण भन्दा पुरानो आईओएसमा चलिरहेको आईफोनहरूको लागि समर्थन बन्द भएको थियो। यद्यपि, कम्पनीले सन् २०२५ को मेसम्म यी ह्यान्डसेटहरूको लागि समर्थन कायम राख्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ९ पुष २०८१, मंगलवार

तपाइको प्रतिक्रिया