एनपीएल फाइनलमा सट्टेबाजी गराउने दुई भारतीय नागरिक पक्राऊ

  • Technology Khabar | ८ पुष २०८१, सोमबार
एनपीएल फाइनलमा सट्टेबाजी गराउने दुई भारतीय नागरिक पक्राऊ

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा पनि सट्टेबाजी भएको छ। फाइनल खेलमा सट्टेबाजी गरेको अभियोगमा प्रहरीले आइतबार दुई जना भारतीय नागरिकलाई पक्राऊ गरेको छ।

पक्राऊ पर्नेमा भारतको उत्तरप्रदेश आग्रा सिकान्द्रा पन्चायत स्थायी घर भएर काठमाडौं टोखा नगरपालिका(३ बस्ने ४७ वर्षीय हरिस जावा र ३८ वर्षीय ऋषि मातन रहेको प्रहरीले जनाएको छ।

पक्राऊ परेका जावा र मातनले काठमाडौं टोखा(३ मा रहेको ग्रान्डी टावरको नेप्चुन अपार्टमेन्टको फ्ल्याटमा नेपाल प्रिमियर लिगको फाइनल खेलमा सट्टेबाजी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राऊ गरेको हो।

परिसरका अनुसार उनीहरूको साथबाट मोबाइल ५ थान, ल्यापटप १ थान र सिमकार्ड ८ थान बरामद गरिएको थियो। उक्त घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ।

यसअघि पनि प्रहरीले एनपीएलको खेल भइरहेको स्थानबाट २ पटक गरी ७ जना भारतीय नागरिकलाई सट्टेबाजी गराएको अभियोगमा पक्राऊ गरेर अनुसन्धान गरिरहेको छ।

एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ

 

नेपालमा अवैध मानिएको बेटिङ अर्थात् सट्टेबाजीमा एनपीएलका क्रममा हालसम्म पक्राऊ परेका सबै ९ जना भारतीय नागरिक रहेका छन्।

एनपीएल नेपाली क्रिकेटको इतिहासमै बिदेशी चर्चित खेलाडीहरु अनुबन्ध गरी खेलाइएको सबैभन्दा ठूलो फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता हो। दर्शकको उपस्थिति र विदेशी खेलाडीको टिप्पणी साथै स्थानीय नयाँ तथा अनुभवी खेलाडीहरुको प्रदर्शनका हिसाबले दक्षिण एसिया र विश्वमै चर्चा कमाएको उक्त प्रतियोगितामा बेटिङ हुनसक्ने भएकाले आईसीसीको टोली र नेपाल प्रहरीको समन्वयमा निगरानी गरिएको थियो।

त्रिवि क्रिकेट मैदानबाटै पक्राऊ परे एनपीएलमा बेटिङ गराउने थप तीन जना भारतीय नागरिक, पक्राऊ पर्ने सात पुगे

तर यसो हुँदा हुदै पनि मुख्य प्रायोजकका रुपमा वुल्फ७७७ जस्तो बेटिङ प्लेटफर्मलाई स्थान दिइएको थियो र यसबारे पटक पटक कुरा उठे पनि आयोजक टवलीले यसको खुल्लमखुल्ला प्रचार गरेको थियो।

यस हिसाबले हेर्दा यो खेलमा सट्टेबाजी हुन सक्ने सम्भावना निकै प्रबल थियो। यसमा प्रहरीले निगरानी गरेको भने पनि मैदान र प्रचार सामग्रीबाट पनि उक्त साइटको नाम र लोगो हटाइएको थिएन।

हाल पक्राऊ परेका ९ जना बाहिर आएका प्रतिनिधि पात्र मात्र हुनसक्ने र आयोजक तथा प्रहरीको नाकैमुनी यसप्रकारको सट्टेबाजी गुपचुप रुपमा भएनन् होला भन्न सकिँदैन।

सम्बन्धित समाचार

एनपीएलमा बेटिङ प्लेटफर्मको खुल्लमखुल्ला प्रचार, के गर्दैछ प्रहरी?

प्रकाशित: ८ पुष २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...