ईयूलाई ईभी मूल्य प्रतिबद्धता वार्ता अगाडि बढाउन चीनको आग्रह

  • Technology Khabar | ८ पुष २०८१, सोमबार
ईयूलाई ईभी मूल्य प्रतिबद्धता वार्ता अगाडि बढाउन चीनको आग्रह

काठमाडौं ।

युरोपेली संघ (ईयू) ले चिनियाँ विद्युतीय सवारी साधन (ईभी) को मूल्य प्रतिबद्धता योजनामा ​​संयुक्तरूपमा परामर्श अघि बढाउन सकेसम्म चाँडो ठोस कदम चाल्ने चीनले आशा गरेको छ।

चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता हे योङछियानले गत साता पत्रकार सम्मेलनमा छलफलको प्रगतिबारे सोधिएको प्रश्नको जवाफमा उक्त कुरा बताएको सिन्ह्वाले रिपोर्ट गरेको छ।

उनले भने, “चीन सधैं वार्ता र परामर्शबाट व्यापार विवाद समाधानको पक्षमा उभिएको छ र मूल्य प्रतिबद्धता वार्तामा आफ्नो सक्दो प्रयास गरिरहेको छ।”

प्रकाशित: ८ पुष २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×