टिकटक बनाउने क्रममा दुईजनाको मृत्यु

  • Technology Khabar | ७ पुष २०८१, आईतवार
टिकटक बनाउने क्रममा दुईजनाको मृत्यु

काठमाडौं ।

खोला किनारामा टिकटक बनाउने क्रममा दुईजनाको मुत्यु भएको छ। आज दिउँसो मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको हो।

विद्यालयका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार उनीहरु शनिबार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए। खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर लडेका उनीहरु खोलामा बगेका थिए।

शनिबार अपराह्न खोलामा बगेका उनीहरुको शव साँझ भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चिनिमाया तामाङले जानकारी दिइन्। शव मृतकका परिवारलाई आइतबार मात्र हस्तान्तरण गरिने उनले बताइन्।-रासस

प्रकाशित: ७ पुष २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार