एफवान सफ्टको खाताबाट साढे ३ करोड रुपैयाँ गायब

  • Technology Khabar | ५ पुष २०८१, शुक्रबार
एफवान सफ्टको खाताबाट साढे ३ करोड रुपैयाँ गायब
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

एफवान सफ्टको बैंक खाता ह्याक गरेर साढे ३ करोड रुपैयाँ चोरी भएको छ। कम्पनीकाअनुसार कुनै अज्ञात ह्याकरले कम्पनीको बैंकिङ प्रणालीमा अनधिकृत पहुँच बनाएर उक्त रकम चोरी गरेको हो।

एफवन सफ्ट ईसेवा वालेटको मूल कम्पनी हो भने यसले बैंकिङ लगायतका सफ्टवेयर निर्माण गर्ने गर्दछ।

घटना भएको करिब २ महिना भएपनि जानकारी भने हालैमात्र बाहिरिएको हो। कसैले आफ्नो बैंकिङ प्रणालीमा अनधिकृत पहुँच बनाएर ठूलो रकम अपचलन गरेको भन्दै कम्पनीले नेपाल प्रहरीमा उजुरी दिएपछि यो जानकारी बाहिरिएको हो।

एफवान सफ्टको बैंक खाताबाट ‘दुई महिनाअघि पटक–पटक गरेर अनलाइन बैंकिङमार्फत विभिन्न खातामा पैसा ट्रान्सफर भएको बताईएको छ।

प्रकाशित: ५ पुष २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • ५ पुष २०८१, शुक्रबार

NOC from Nagarik App

  • ५ पुष २०८१, शुक्रबार

E-pension verification system launched

  • ५ पुष २०८१, शुक्रबार