
काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने अभिप्रायले भिसा प्लाटिनम क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ। यो भिसाद्वारा जारी गरिने विशिष्ट श्रेणीको कार्ड हो।
यो कार्डलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको खेल समाप्तिपछि सोही मञ्चबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलद्वारा सार्वजनिक गरिएको बैंकले जनाएको छ।
यो कार्ड प्रयोग गर्ने ग्राहकहरुले पाउने सुविधाहरु निम्नानुसार रहेका छन् :
प्लाटिनम क्रेडिट कार्ड लिने ग्राहकहरूले वार्षिक दुई पटक सम्म एयरपोर्ट लाउञ्जमा निःशुल्क प्रवेश प्राप्त गर्न सक्नेछन्।
प्लाटिनम क्रेडिट कार्डले ग्राहकहरुलाई विशेष प्राथमिकता दिने, उच्चस्तरीय सुविधा प्रदान गर्नुका साथै प्रयोगकर्ताको जीवनलाई सहज र व्यवस्थित बनाउँने विश्वास बैंकले लिएको छ।
बैंकका अनुसार यस कार्ड र यसका सुविधा बारे विस्तृत जानकारी पाउनको लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरुमार्फत् सम्पर्क गर्न सक्नुहुनेछ।
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समयअघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको बताएको छ।
प्रकाशित: ५ पुष २०८१, शुक्रबार