हिरासतमा रहेका लामिछानेको फोटो सामाजिक सञ्जालमा ‘पोष्ट’ गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

Technology Khabar ४ पुष २०८१, बिहीबार

हिरासतमा रहेका लामिछानेको फोटो सामाजिक सञ्जालमा ‘पोष्ट’ गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री रमेश लेखक बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग समसामयिक विषयमा कुराकानी गर्नुहुँदै । तस्बिरः सनद अधिकारी/रासस

काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले हिरासतमा रहेका रवि लामिछानेको फोटो सामाजिक सञ्जालमा ‘पोष्ट’ गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन्।

उनले देशको कानुनअनुसार सबैमाथि समान रूपमा व्यवहार गरिने दोहोर्याउँदै आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन।

आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइने बताएका हुन्।

सहकारी ठग्नेहरुउपर निष्पक्षतापूर्वक छानबिन गरिने तथा दोषीमाथि कारबाही उनले हुने बताए।

सहकारी ठगीमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको फोटो सामाजिक सञ्जालमा ‘पोष्ट’ गर्नेलाई कारबाही गर्न निर्देशन दिएको उनले बताए।

हिरासतको संवेदनशीलता तथा सुरक्षा कमजोरीमा संग्लन प्रहरीमाथि पनि कारबाही गर्न निर्देशन दिएको उनले जानकारी दिए।

फरक प्रसङ्गमा गृहमन्त्री लेखकले वर्तमान सरकार परिवर्तन नहुने र मन्त्री पनि हेरफेर नहुने बताए। वर्तमान समीकरण २०८४ सालसम्म रहने बताए। रासस

प्रकाशित: ४ पुष २०८१, बिहीबार

तपाइको प्रतिक्रिया